झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू) « Khabarhub

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा शनिबार बिहानैदेखि भक्तजनको आवागमन रोकिएको छैन।

दर्शन तथा पूजाआजाका लागि पर्वत, म्याग्दी, कास्की, काठमाडौँलगायत विभिन्न स्थानबाट भक्तजन बागलुङ कालिका पुगेका छन्। शनिबार सामान्यतया भक्तजनको चाप बढी हुने भए पनि निरन्तरको वर्षाका कारण आज मन्दिरमा अपेक्षाकृत कम भीड रहेको छ।

बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै प्रतिकूल मौसमका कारण भक्तजनको सङ्ख्यामा कमी आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

बागलुङ कालिकामा चैते दसैँ र बडा दसैँका अवसरमा विशेष पूजाआजा हुने गर्दछ। पछिल्लो समय अन्य दिनमा पनि दर्शन तथा पूजाआजाका लागि भक्तजन आउने गरेका छन्।

मन्दिरमा पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको छ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  १ : ३९ बजे

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि