पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए « Khabarhub

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै सैन्य कारबाहीमा १६ जना आतंकवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ।

सेनाको सञ्चार शाखा अन्तरसेवा जनसम्पर्क विभागका अनुसार प्रान्तीय राजधानी क्वेटानजिकैको शाबान क्षेत्रमा बिहीबार आतंकवादीहरूको आश्रयस्थललाई लक्षित गरी गरिएको कारबाहीमा पाँच जना मारिएका थिए।

घटनास्थलबाट हतियार, गोलीगठ्ठा तथा विस्फोटक पदार्थसमेत बरामद गरिएको सेनाले जनाएको छ।

त्यसैगरी, शुक्रबार नुस्की जिल्लामा प्राप्त गोप्य सूचनाका आधारमा गरिएको अर्को कारबाहीमा सुरक्षा बल र आतंकवादीबीच भएको भीषण गोली हानाहानपछि ११ जना आतंकवादी मारिएको सेनाले जनाएको छ।

सेनाका अनुसार यी कारबाही आतंकवादीविरुद्ध सञ्चालन गरिएको व्यापक आतंकवादविरोधी अभियानअन्तर्गत भएका हुन्।

सेप्टेम्बर २१ देखि सुरु गरिएको उक्त अभियानअन्तर्गत बलुचिस्तानमा हालसम्म ३३ जना आतंकवादी मारिएको सेनाको दाबी छ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  १ : ५१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली