परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया « Khabarhub

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा नेपाली डायस्पोराका प्रतिनिधिसँग अन्तरक्रिया गरेका छन् ।

न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले नेपालको विकास यात्रामा नेपाली डायस्पोरालाई महत्वपूर्ण आधारस्तम्भका रूपमा चित्रण गर्दै मुलुकको विकासमा यसको योगदान थप बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा डायस्पोराका प्रतिनिधिहरूले प्रविधि, कृत्रिम बौद्धिकता (एआई), विपद् व्यवस्थापनलगायत नेपालको विकासमा डायस्पोराले गर्न सक्ने योगदानका विषयमा प्रस्तुति दिनुभएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्री खनालले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव, पुँजी र सञ्जाललाई नेपालको विकाससँग जोड्नुपर्ने बताए।

उनले डायस्पोरासँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै राष्ट्रिय विकासका प्राथमिकतामा उनीहरूको योगदान अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ३ : ०३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली