कांग्रेसको १५औँ महाधिवेशनमा लामिछाने, ओली र प्रचण्डलाई निम्ता « Khabarhub

कांग्रेसको १५औँ महाधिवेशनमा लामिछाने, ओली र प्रचण्डलाई निम्ता


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेका बेला शीर्ष राजनीतिक दलका नेताहरूलाई उद्घाटन समारोहको औपचारिक निमन्त्रणा दिन थालिएको छ ।

कांग्रेस नेता उदयशमशेर राणाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेट गरी आतिथि बन्नका लागि औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरेका हुन् ।

यसपटक नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १६ गते काठमाडौँस्थित खुलामञ्चमा भव्य रूपमा आयोजना हुँदैछ । उक्त समारोहमा सहभागिताका लागि राजनीतिक दलका प्रतिनिधि, कांग्रेसका नेता तथा कार्यकर्ता, पार्टीका शुभेच्छुक र आम नागरिकलाई आमन्त्रण गरिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ४ : ३१ बजे

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण