कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय अधिवेशन « Khabarhub

कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय अधिवेशन


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय अधिवेशन आयोजना गरिएको छ।

अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन स्थगित गरिए पनि अधिकांश क्षेत्रमा पूर्वनिर्धारित तालिकाअनुसार अधिवेशन भएको हो। काठमाडौँ उपत्यकाअन्तर्गत काठमाडौँमा वर्षाका कारण अधिवेशन स्थगित गरिएको छ भने ललितपुरमा शनिबार नै अधिवेशन सम्पन्न गरिएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले अनुकूलताअनुसार असोज १३ गतेभित्र क्षेत्रीय अधिवेशन सम्पन्न गर्न सकिने व्यवस्था गरेको जनाएको छ।

सङ्घीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट सङ्घीय निर्वाचन क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन्। पालिका सभापति र प्रदेशसभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति सङ्घीय निर्वाचन क्षेत्रीय कार्यसमिति र प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका पदेन सदस्य तथा स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक–एक जना निर्वाचित हुनेछन्। त्यस्तै, एक महिलासहित दुई जना सहसचिव निर्वाचित हुने तथा सभापतिले मनोनयन गरेका एक जना कोषाध्यक्ष रहने व्यवस्था छ।

सङ्घीय निर्वाचन क्षेत्रीय अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यसमेत चयन गर्नेछ।

त्यसैगरी, प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट ‘क’ र ‘ख’ दुवै निर्वाचन क्षेत्रका लागि प्रदेशसभा क्षेत्रीय कार्यसमिति तथा प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि चयन हुनेछन्।

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो। पार्टीको केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने यसअघि नै तय भइसकेको छ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ४ : ३४ बजे

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु

कर्णाली– अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको