अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत « Khabarhub

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई स्वदेश फर्किएका छन् ।

उनलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, पर्यटनमन्त्री गनेश पौडेल विमानस्थलमा पुगेका थिए ।

​गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका प्रधानमन्त्री शाहले नेपाली समय अनुसार असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए। त्यसलगत्तै उनले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गरेका थिए ।

​भ्रमणका क्रममा न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा सहभागी भएका प्रधानमन्त्री शाह न्युयोर्कबाट दोहा हुँदै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार अपराह्न अवतरण गरेका हुन् ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ५ : ०६ बजे

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण