आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला « Khabarhub

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशन आफूहरूको परीक्षाको घडी भएको बताए ।
 
महाराजगञ्ज–चुनदेवीस्थित सम्पर्क कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा संयोजक डा कोइरालाले भने, ‘यो हाम्रा लागि परीक्षाको समय पनि हो, यो अधिवेशनलाई त्यसैले हामीले अत्यन्त महत्वपूर्ण रुपमा लिएका छौँ र हामी सबै मिलेर सँगै अघि बढौँ भन्ने पनि चाहेका छौँ ।’  
 
यही असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिकासहित नेपाली कांग्रेसको निर्वाचन प्रक्रिया अघि बढिरहेको अवस्थामा इतर समूहले पत्रकार सम्मेलन गरी संस्थापन पक्षीय महाधिवेशनमा सहभागी नभई कांग्रेसकै नाममा अलग्गै महाधिवेशनमा जाने बताएको हो । कांग्रेस पार्टीका पूर्वसभापति शेरबहादुर देउवासहित वरिष्ठ नेतासमेत सो समूहमा आबद्ध छन्।
 
पार्टीको मङ्सिरमा हुने १५औँ महाधिवेशनमा आफूहरू नयाँ जोश र जाँगरका साथ जान लागेको बताउँदै  संयोजक डा कोइरालाले भने, ‘हामी अत्यन्त गम्भीरतापूर्वक सोचेर अगाडि बढेका छौँ, हामी के चाहन्छौँ भने सबै साथै हिडौँ । सबै सँगै हिडौँ ।’
 
उनले नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक र बलियो विचार भएको पार्टी हो भने। प्रजातान्त्रिक आन्दोलनको पक्षमा सदैव उभिँदै आएको पुरानो पार्टीका रुपमा स्थापित काँग्रेस अब नयाँ सोच र जोशका साथ अघि बढ्ने उनले स्पष्ट गरे।
 
संयोजक डा. कोइरालाले महाधिवेशनलाई सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरिएको पनि बताए ।
 
सो अवसरमा नेपाली कांग्रेसका पूर्वप्रवक्ता एवं इतर समूहका नेता डा. प्रकाशशरण महतले केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २१, २२ र २३ गते काठमाडौँमा हुने जानकारी दिए । उनका अनुसार वडा तहको अधिवेशन यही असोज १५ गतेदेखि सुरु हुने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ७ : ०६ बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार