पूर्वी नेपालतर्फ मौसम सुधार, पश्चिमी क्षेत्रमा आइतबारदेखि « Khabarhub

पूर्वी नेपालतर्फ मौसम सुधार, पश्चिमी क्षेत्रमा आइतबारदेखि


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालीको पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गए पनि पश्चिम नेपालतर्फ भने प्रभाव कायमै रहेको छ।

मौसम विज्ञान विभागकाअनुसार आईतबारसम्म पश्चिम नेपालमा भारी वर्षाको सम्भावना कायम नै रहेको छ।

पश्चिमी भूभागतर्फ भारी वर्षाको सम्भावना रहेकाले मौसमविद्ले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन्।

नेपाल मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेकाअनुसार पछिल्लो समय गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।

पछिल्लो २४ घण्टामा ती प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको उनले बताए। वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा तराई र खोँच क्षेत्रमा बाढीको जोखिम बढेको छ।

भारतको उत्तर प्रदेश तथा आसपासमा रहेको न्युन चापीय प्रणाली विस्तारै नेपालतर्फ सर्दै गएको उनले बताए। यसको प्रभाव विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी पर्ने उनको भनाइ छ।

उनकाअनुसार आईतवार दिउँसोसम्म वागमतीको पश्चिमी भूभाग, मधेशको पश्चिमी भू–भाग तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

केही स्थानमा भारी वर्षा हुनसक्ने उनले बताए। पूर्वी नेपालतर्फ भने मौसम क्रमशः सुधार हुँदै गएको उनको भनाइ छ। केही स्थानमा भने हल्कादेखि मध्यम वर्षा हुने उनले बताए।

लगातारको वर्षाका कारण कमजोर पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च रहेकोले अनावश्यक यात्रा नगर्न उनले आग्रह गरे।

अत्यावश्यक यात्रा गर्नुपरेमा प्रहरीसँग सम्पर्क गरी बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न उनको सुझाव छ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ८ : ५७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको