एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने « Khabarhub

एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

बेइजिङ, १० असोज (रासस/एएफपी)। चीनले अमेरिकाले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) लाई ‘सुपर इन्टेलिजेन्स’ (एसआई) भनेर सम्बोधन गर्ने निर्णयको सम्मान गर्ने जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा अमेरिकाको शब्दावली छनोटलाई सम्मान गर्ने उल्लेख गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारदेखि अमेरिकी प्रशासनका आधिकारिक सञ्चारमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को सट्टा ‘सुपर इन्टेलिजेन्स’ शब्द प्रयोग गरिने घोषणा गरेका थिए ।

यसै साता वासिङ्टनमा सम्पन्न अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको शिखर वार्तामा कृत्रिम बुद्धिमत्तासम्बन्धी विषय प्रमुख एजेन्डामध्ये एक थियो ।

वार्तापछि ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै राष्ट्रपति सीलाई पनि ‘आर्टिफिसियल इन्टेलिजेन्स’ भन्दा ‘सुपर इन्टेलिजेन्स’ शब्द बढी उपयुक्त लागेको दाबी गरेका थिए । उनले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ लाई कमजोर र गलत तथा ‘सुपर इन्टेलिजेन्स’ लाई अझ सही र महत्त्वपूर्ण नामको सङ्ज्ञा दिएका थिए ।

यद्यपि चीनले ट्रम्पको उक्त दाबीको पुष्टि वा खण्डन गरेको छैन । विदेश मन्त्रालयले भने अमेरिकाले अपनाएको नयाँ शब्दावलीलाई महत्त्व दिएको र त्यसको सम्मान गर्ने जनाएको छ ।

मन्त्रालयका एक प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी शब्दावलीका विषयमा चिनियाँ पक्षले अमेरिकी पक्षको अडानलाई महत्त्व दिन्छ र त्यसको शब्द–छनोटको सम्मान गर्दछ ।’

विज्ञप्तिमा कृत्रिम बुद्धिमत्तासम्बन्धी प्रविधि निरन्तर विकसित भइरहेको उल्लेख गर्दै सबै पक्षले पछिल्लो विकासलाई ध्यानमा राखी संवाद, अनुभव आदानप्रदान र सहमति निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।

शिखर वार्तापछि दुवै देशले कृत्रिम बुद्धिमत्तासम्बन्धी विषयमा समन्वय र आकस्मिक घटनाबारे जानकारी आदानप्रदान गर्न विशेष सञ्चार संयन्त्र स्थापना गर्ने सहमति गरेका छन् ।

ट्रम्पले कृत्रिम बुद्धिमत्ताले मानवताका लागि गम्भीर जोखिम निम्त्याउन सक्छ भन्ने चिन्तालाई पटक–पटक अस्वीकार गर्दै आएका छन् । अर्कोतर्फ, राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ताको विकास मानवीय नियन्त्रण र जिम्मेवार प्रयोगभित्रै रहनुपर्ने धारणा व्यक्त गर्दै आएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ९ : २९ बजे

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन