पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति « Khabarhub

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन प्रभावित भएको छ ।

झरीसँगैको बाढी पहिरोले ग्रामीण बस्तीको जिल्ला सदरमुकाम बेनी बजारको सम्पर्कबिच्छेद भएको छ । ग्रामीण क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा बाढीको सतह बढेपछि सर्तकता अपनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार आज साँझसम्म पहिरोका कारण १९ घरमा क्षति पुगेको छ । पाँच वटा गोठ भत्किँदा तीन वटा भैँसी मरेका छन् । अठ्ठाइस घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको जनाएको छ ।

मङ्गला गाउँपालिका–२ रनवाङका तीन र सात परिवारका १३ जनालाई स्थानान्तरण गरिएको छ । रनवाङमा दुई घरमा क्षति पुगेको छ । मङ्गला–५ को घेगरेमा छ घरपरिवारलाई आमा समूहको भवनमा राखिएको छ ।

अन्नपूर्ण गाउँपालिका–५ किन्दुमा दुई घर भत्किएको र एक भैँसी पुरिएको छ भने दुई घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । वडा नं ८ राम्चेको धारापानी क्षेत्रमा पहिरा जाँदा चार घरपरिवार जोखिममा परेका छन् ।

मालिका गाउँपालिका–५ मा एक गोठमा क्षति र एक घर जोखिममा परेको छ । बेनी नगरपालिका–१ रत्नेचौरमा एक/एक घर भत्किएको र जोखिम तथा दुई घर विस्थापित भएका छन् । वडा नं २ बालडाँडामा पहिरोले दुई घर, एक गोठ र दुई भैँसीको क्षति भएको छ भने दुई वटा घर स्थानान्तरण भएका छन् ।

वडा नं ३ भकिम्लीमा पहिरोका कारण सात वटा घर, तीन वटा गोठ र दुई वटा भैँसीको क्षति भएको छ । सात घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । बेनी नगरपालिका–४ ज्याम डाँडाखेतमा क्षति पुगेका चार घरका सदस्यलाई सुरक्षित ठाउँमा सारिएको छ ।

प्राकृतिक उपचार स्थल तातोपानी कुण्डको भवनमा पहिरोले क्षति गरेको छ । बेनी नगरपालिका–५ चिप्लेटीमा एक घर क्षति भएको छ । वडा नं ६ अर्थुङ्गेमा चार घर जोखिममा परेका छन् । रघुगङ्गा गाउँपालिका–६ पाखापानी बस्तिमा पाखोबाट भलबाढी पसेर क्षति पुगेको छ ।

म्याग्दीको मुख्य बेनी–जोमसोम, बेनी–दरबाङ र बेनी पाखापानी सडक पहिरो, कटान र बाढीका कारण अवरुद्ध भएका सहायक प्रजिअ आचार्यले बताए । वर्षात् रोकिएपछि स्थानीय तह, बेनी–जोमसोम–कोरला सडक योजना र पूर्वाधार विकास कार्यालयमार्फत अवरुद्ध सडक मर्मत गरिने प्रशासनले जनाएको छ । रासस

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  १० : २४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया