काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित भएका छन्।
पाटा नेपाल च्याप्टरको ५१औँ वार्षिकोत्सव तथा निर्वाचनबाट आज हेरिटेज टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
कार्यसमितिको महासचिवमा स्क्वायर होटलकी प्रबन्ध निर्देशक रोमी अर्याल, कोषाध्यक्षमा अल्पाइन रेस्क्यु सर्भिसका अध्यक्ष प्रकाशचन्द्र लोहनी निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ, जङ्गल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरे, बिजी बी क्याफेका कार्यकारी निर्देशक सुनीलबहादुर भट्टराई, पार्क भिलेज होटल एण्ड रिसोर्टकी निर्देशक माया शाक्य, अफ द वाल ट्रेकिङकी प्रबन्ध निर्देशक सरिता लामा, मार्कोपोलो ट्राभल्सका प्रबन्ध निर्देशक सिद्धार्थविक्रम थापा र वनबास चितवनका प्रबन्ध निर्देशक वासुदेव ढुङ्गाना भएका छन्।
यस्तै, पोक्सी सदस्यमा दिनेश महर्जन, जान विश्वकर्मा, सञ्जयभक्त माथेमा, अङ्कित शर्मा, वसन्त गौतम, प्रकाश लामा र सुमन महर्जन भएका छन्।
पाटा नेपालको कार्यसमितिमा सार्वजनिक क्षेत्रबाटसमेत प्रतिनिधित्व रहने व्यवस्था रहेको छ। जसअनुसार प्रथम उपाध्यक्षमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, द्वितीय उपाध्यक्षमा नेपाल एयरलाइन्सका मार्केटिङ निर्देशक तथा पर्यटन विभागका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाल एयरलाइन्सका कर्पोरेट निर्देशक र नेपाल पर्यटन बोर्डका एक प्रतिनिधि पदेन सदस्य रहनेछन्।
नवनिर्वाचित अध्यक्ष भट्टले नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान, प्रभावित समुदाय तथा गन्तव्यलाई सहयोग र पर्यटन उद्योगलाई एकताबद्ध रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।













प्रतिक्रिया