पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित « Khabarhub

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित भएका छन्।

पाटा नेपाल च्याप्टरको ५१औँ वार्षिकोत्सव तथा निर्वाचनबाट आज हेरिटेज टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

कार्यसमितिको महासचिवमा स्क्वायर होटलकी प्रबन्ध निर्देशक रोमी अर्याल, कोषाध्यक्षमा अल्पाइन रेस्क्यु सर्भिसका अध्यक्ष प्रकाशचन्द्र लोहनी निर्वाचित भएका छन्।

कार्यसमिति सदस्यमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ, जङ्गल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरे, बिजी बी क्याफेका कार्यकारी निर्देशक सुनीलबहादुर भट्टराई, पार्क भिलेज होटल एण्ड रिसोर्टकी निर्देशक माया शाक्य, अफ द वाल ट्रेकिङकी प्रबन्ध निर्देशक सरिता लामा, मार्कोपोलो ट्राभल्सका प्रबन्ध निर्देशक सिद्धार्थविक्रम थापा र वनबास चितवनका प्रबन्ध निर्देशक वासुदेव ढुङ्गाना भएका छन्।

यस्तै, पोक्सी सदस्यमा दिनेश महर्जन, जान विश्वकर्मा, सञ्जयभक्त माथेमा, अङ्कित शर्मा, वसन्त गौतम, प्रकाश लामा र सुमन महर्जन भएका छन्।

पाटा नेपालको कार्यसमितिमा सार्वजनिक क्षेत्रबाटसमेत प्रतिनिधित्व रहने व्यवस्था रहेको छ। जसअनुसार प्रथम उपाध्यक्षमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, द्वितीय उपाध्यक्षमा नेपाल एयरलाइन्सका मार्केटिङ निर्देशक तथा पर्यटन विभागका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाल एयरलाइन्सका कर्पोरेट निर्देशक र नेपाल पर्यटन बोर्डका एक प्रतिनिधि पदेन सदस्य रहनेछन्।

नवनिर्वाचित अध्यक्ष भट्टले नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान, प्रभावित समुदाय तथा गन्तव्यलाई सहयोग र पर्यटन उद्योगलाई एकताबद्ध रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  १० : ३४ बजे

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत