ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित « Khabarhub

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो चरणको निर्वाचनमा उनले आफ्ना प्रतिद्वन्द्वी दक्षिणपन्थी नेता सिनेट रोबर्टो फ्लेवियो बोल्सोनारोलाई पराजित गर्दै ऐतिहासिक चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

गत अक्टोबर ४ मा भएको पहिलो चरणको मतदानमा पूर्व राष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लेवियो बोल्सोनारोले अग्रता लिएका थिए । ब्राजिलमा सन् १९८८ मा प्रजातन्त्र पुनःस्थापना भएयता पहिलो चरणमा पछि परेको उम्मेदवारले दोस्रो चरणमा चुनाव जितेको यो पहिलो ऐतिहासिक घटना हो ।

लुला यसअघि पनि सन् २००३ देखि २०१० सम्म दुई पटक र सन् २०२२ को निर्वाचन जितेर तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेका थिए ।

दक्षिण अमेरिकाका धेरैजसो देशहरूमा पछिल्लो समय मतदाताहरू दक्षिणपन्थतर्फ ढल्किएका थिए। तर, ब्राजिलमा लुलाको यो जितले उक्त क्षेत्रको राजनीतिक प्रवृत्तिलाई उल्टाएको छ।

चुनावका क्रममा लुलाले यो निर्वाचन देशको ‘सार्वभौमिकताू सँग जोडिएको बताएका थिए । उनले मतदाताहरू माझ यो लडाइँ ‘ब्राजिलको झण्डा चुम्ने व्यक्ति र अमेरिकी झण्डा चुम्ने व्यक्ति’ बीचको रोजाइ भएको टिप्पणी गर्दै आफ्ना प्रतिद्वन्द्वीमाथि वैदेशिक प्रभावमा पर्ने गरेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ७ : ५४ बजे

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)