दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला « Khabarhub

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला परेका छन् । भगवतीमाई गाउँपालिका–४ स्थित मनघरमा १३ र १४ वर्षीया बालिका घर नजिकैको जङ्गलमा मृत अवस्थामा फेला परेका हुन् ।

नाताले दिदी बहिनी पर्ने उनीहरू दुवै जना जङ्गलमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायलका अनुसार दुवै बालिका गएराति एउटै घरमा सुतेका थिए ।

राति घरबाट निस्किएका उनीहरू बिहान घर भन्दा केही टाढा रहेको जङ्गलमा मृत भेटिएका हुन् । घटनास्थलमा प्रहरी टोली खटाइएको र घटना बारे विस्तृत अनुसन्धान भइरहेको सूचना अधिकारी रोकायलले जानकारी दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ८ : ३१ बजे

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल