एक बल नखेली आउट भइन् मेलबर्नकी डिएन्ड्रा डोटिन, के हो डब्लुबीबीएलको ‘फ्री बल’ नियम ? « Khabarhub

एक बल नखेली आउट भइन् मेलबर्नकी डिएन्ड्रा डोटिन, के हो डब्लुबीबीएलको ‘फ्री बल’ नियम ?


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२६ को वुमन्स बिग ब्यास लिग (डब्लुबीबीएल) अन्तर्गत मेलबर्न रेनेगेड्स र ब्रिसबेन हिटबीचको खेलमा नाटकीय र दुर्लभ घटना देखिएको छ ।

मेलबर्नकी वेस्ट इन्डियन अलराउन्डर डिएन्ड्रा डोटिन एक बल पनि सामना नगरी आउट भएपछि लिगको अनौठो ‘टाइम्ड आउट’ (फ्री बल) नियम अहिले चर्चाको विषय बनेको छ ।

सेन्ट किल्डास्थित जंक्सन ओभलमा ब्रिसबेन हिटले दिएको १३८ रनको लक्ष्य पछ्याइरहेको मेलबर्न रेनेगेड्स १५औँ ओभरमा ९७/४ को स्थितिमा हुँदा यो घटना घटेको हो ।

जर्जिया वेयरह्याम आउट भएपछि क्रिजमा आएकी डोटिन निर्धारित ७५ सेकेन्डको समयसीमाभित्र बल खेल्न तयार हुन सकिनन् । हेलमेटको फित्ता र पन्जा मिलाउँदै गर्दा ढिलाइ भएपछि अम्पायरले उनलाई दोषी ठहराए ।

के हो ‘फ्री बल’ नियम ?

परम्परागत क्रिकेटमा ढिला आउने ब्याटरविरुद्ध विपक्षी टोलीले सिधै ‘टाइम्ड आउट’ को अपिल गर्न पाउने नियम छ । तर, डब्लुबीबीएलले यसका लागि ‘फ्री बल’ नामक विशेष नियम लागू गरेको छ । सोही नियमअनुसार मैदानी अम्पायरले डोटिनलाई अर्को बलका लागि स्क्वायर लेगतर्फ करिब पाँच मिटर टाढा उभिन निर्देशन दिए ।

ब्याटरबिनाको खाली स्टम्पमा ब्रिसबेन हिटकी लेग स्पिनर सारा ग्लेनले सटिक बलिङ गर्दै विकेट ढालिन् र डोटिन शून्य रनमै पेभिलियन फर्किन बाध्य भइन् । प्रतियोगिताको परिमार्जित नियमअनुसार अघिल्लो ब्याटर आउट वा रिटायर भएको ७५ सेकेन्डभित्र नयाँ ब्याटर बल खेल्न तयार भइसक्नुपर्छ, र यो ‘फ्री बल’ ओभरको वैध बलमा समेत गनिन्छ ।

यो अनौठो आउट बावजुद मेलबर्न रेनेगेड्सले अन्तिम बलमा रोमाञ्चक जित निकाल्दै ब्रिसबेन हिटलाई तीन विकेटले पराजित गर्‍यो ।

खेलपछि रेनेगेड्सकी कप्तान सोफी मोलिनक्सले क्रिकेट मैदानमा आफूले यस्तो घटना यसअघि कहिल्यै नदेखेको प्रतिक्रिया दिइन् ।

उनले सटिक बलिङका लागि सारा ग्लेनको प्रशंसा गर्दै भनिन्, “यो मैले क्रिकेटमा कहिल्यै नदेखेको दृश्य थियो, यसलाई सफल पार्ने ग्लेनलाई बधाई छ । सायद हामीले डोटिनलाई प्याड बाँधेर मैदान पठाउन अलि ढिला निर्णय गर्‍यौँ, तर यो हाम्रा लागि राम्रो सिकाइ रह्यो । मलाई लाग्छ अबको १० वर्षसम्म यस्तो दृश्य फेरि देख्न पाइने छैन ।”

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ३ : ३८ बजे

सरकारले खाना रोकिदियो, चिउरा-दालमोठ खाएर प्रदर्शनमा सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– सरकारले खाना रोकिदिएपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रित सुकुम्वासीले

लक्सनको बहुमत गुम्यो, मध्यमार्गी पार्टी निर्णायक

वेलिङ्टन- न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले निर्वाचनको अन्तिम नतिजामा संसदीय बहुमत

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४४औँ

मोदीले ईपीजी प्रतिवेदन बुझ्ने समय दिने परराष्ट्र मन्त्रालयको विश्वास

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सहमति

साउदी आक्रमणमा एक नेपालीको मृत्यु, दुई जनाको उपचार हुँदै

काठमाडौँ – साउदी अरबमा भएका पछिल्ला दुई आक्रमणमा परी घाइते