महिला टी–२० विश्वकप ग्लोबल छनोटः समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल « Khabarhub

महिला टी–२० विश्वकप ग्लोबल छनोटः समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दैछन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर नेपालले बलिङ गर्ने निर्णय लिएपछि स्कटल्यान्ड ब्याटिङ गरिराखेको छ ।

१० ओभरको समाप्तिमा स्कटल्यान्डले चार विकेट गुमाएर ६९ रन बनाएको छ ।

सुरुमा बलिङ गरेको नेपालका लागि मनिषा उपाध्यायले तीन विकेट हात पार्दा सीता रानामगरले एक विकेट लिइन् ।

तीन खेल खेलिसकेको नेपालले दुई अंक मात्र जोडेको छ । तेस्रो खेलमा शनिबार नेपालले जिम्बाब्वेलाई ६ विकेटले हराएको हो । जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो ।

आज दुबै टोलीलाई सुपर सिक्समा पुग्न जित्नैपर्ने दबाब रहेको छ । स्कटल्यान्डसँग पराजित भएमा नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त हुनेछ। नेपाल पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो, भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो।

यस्तै तेस्रो खेलमा भने टेष्ट राष्ट्र जिम्बाव्वेलाई ६ विकेटले पराजित गर्दै सुपर सिक्सको सम्भावना कायम राखेको हो । नेपालको प्लेइङ ११ मा कप्तान इन्दु बर्मासहित पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, मनिषा उपाध्याय, सीता राना मगर, रोमा थापा र कविता जोशी छ्न् ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ९ : ४४ बजे

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा