बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना « Khabarhub

बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा घरदैलो कार्यक्रम सुरु गरेको छ । 

झापा निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत दमक–९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा सोमबार मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रमका क्रममा रास्वपाका नेताहरू तथा रास्वपा वरिष्ठ नेता बालेन शाहकी पत्नी सविना काफ्लेले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गरेर आफ्नो पक्षमा मत मागेका थिए । 

रास्वपा चुनाव प्रचार–प्रसार सचिवालयको नेतृत्वमा भएको पहिलो चरणको घरदैलो कार्यक्रम मंगलबार सम्पन्न हुने बताइएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा चर्चाको केन्द्र बनेको झापा–५ मा एमालेबाट अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन् । 

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १ : १४ बजे

अफगानिस्तानमा कार्बन मोनो-अक्साइड विषाक्तताका कारण चार जनाको मृत्यु

एजेन्सी – मध्य अफगानिस्तानको दयाकुन्डी प्रान्तको प्रान्तीय राजधानी निलीमा कार्बन

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

अमेरिकामा निजी जहाज उडानका क्रममा दुर्घटनाग्रस्त, आपतकालीन टोली सक्रिय

एजेन्सी– अमेरिकाको माइन राज्यको ब्यान्गोर अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गर्ने क्रममा

माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले किसानले

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि

आप्रवासन प्रहरीले आफ्नै नागरिकको हत्या गरेपछि अमेरिकामा ‘जर्ज फ्लोयड प्रदर्शन’को झल्को

काठमाडौं– अमेरिकी समाज फेरि एक पटक हिंसात्मक बाटोमा अग्रसर हुने