काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेनद्र (बालेन) शाह सुदूरपश्चिम दौडाहाका क्रममा आज नेपालगञ्ज पुगेका छन् ।
सोमबार उनी चुनावी प्रचारप्रसारका लागि नेपालगञ्ज पुगेका हुन् । नेपालगञ्ज विमानस्थलमा उनलाई समर्थक र स्थानीय अगुवाहरूले स्वागत गरेका थिए । स्वागतका लागि विमानस्थलमा उल्लेख्य भीड देखिएको थियो ।
उनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्दै छन् । उनी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्न लागेका हुन् ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी























प्रतिक्रिया