अफगानिस्तानमा कार्बन मोनो-अक्साइड विषाक्तताका कारण चार जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा कार्बन मोनो-अक्साइड विषाक्तताका कारण चार जनाको मृत्यु


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मध्य अफगानिस्तानको दयाकुन्डी प्रान्तको प्रान्तीय राजधानी निलीमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण कम्तिमा चार जना विद्यार्थीको मृत्यु भएको प्रान्तीय प्रहरी कार्यालयले आइतबार विज्ञप्ति मार्फत जनाएको छ ।

विद्यार्थीहरूले आफ्नो कोठा तताउन परम्परागत स्टोभमा कोइला प्रयोग गरिरहेको अवस्थामा  विषाक्त ग्यास कोठा  भित्र जम्मा भएर उनीहरूको मृत्यु भएको विज्ञप्तिमा भनिएको छ ।

पीडितहरू राष्ट्रिय विश्वविद्यालय प्रवेश परीक्षाको तयारीका लागि प्रान्तको दुर्गम जिल्लाबाट निली आई घटनाको समयमा आफ्नो अध्ययनमा संलग्न रहेको जनाइएको छ । 

यस अघि, उत्तरी बदख्सान प्रान्तको ढुङ्गाको खानीमा कार्बन मोनो (अक्साइड विषाक्तताका कारण कम्तीमा चार जना खानी मजदुरको मृत्यु भएको थियो ।

अफगानिस्तानमा कठोर जाडो र तातोको अभावले धेरै घरपरिवारलाई काठ वा कोइला  परम्परागत स्टोभमा भर पर्न बाध्य पार्छ भने खराब भेन्टिलेसन र कम गुणस्तरको इन्धनको प्रयोगका कारण यस्ता घटनाहरू घट्ने गरेको बताइएको छ । 

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  २ : ३६ बजे

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ

आयातित स्वास्थ्य उपकरणको विवरण उपलब्ध गराउन  विभागको आग्रह

काठमाडौं– औषधि व्यवस्था विभागले आयात गरिने स्वास्थ्य सामग्री तथा उपकरणको

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनको डिनमा नवीसमान नियुक्त

काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको स्कुल अफ मेडिसिनको डिनमा

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं– नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश

सुनको मूल्य सवा तीन लाख पुग्दा पनि बजारमा चहलपहल

काठमाडौं– नेपाली बजारमा एक पछि अर्को दिन आज पनि सुनको