‘कुमारी’का विदेश प्रदर्शन तय « Khabarhub

‘कुमारी’का विदेश प्रदर्शन तय


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिनेश राउत निर्देशित लभ स्टोरी फिल्म ‘कुमारी’ विदेशमा पनि प्रदर्शनमा आउने तय भएको छ ।

निर्माण पक्षले विदेश प्रदर्शन अधिकार बिक्री गरी विभिन्न देशमा प्रदर्शनको टुंगो लगाएको सोमबार जानकारी दिएको छ ।

निर्माता महेन्द्र अधिकारीका अनुसार अस्ट्रेलिया, अमेरिका, क्यानडा र मध्यपूर्वका देशका लागि प्रदर्शन अधिकार बिक्री भएको हो ।

ट्रेलर सार्वजनिक भएको केही दिनमा नै यो फिल्मको विदेश प्रदर्शन अधिकार बिक्री भएको हो ।

शनिबार सार्वजनिक ट्रेलरले युट्युबमा ८ लाखभन्दा बढी भ्युज पाएको छ ।

‘कुमारी’को नायक अविषेक खड्का र नायिका आकृति राजभण्डारी हुन् । यी दुवैको यो डेब्यू फिल्म हो ।

माघ २३ गते प्रदर्शन मिति तोकिएको यस फिल्मका लेखक विकास सुबेदी हुन् ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ४ : ३९ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा