आयातित स्वास्थ्य उपकरणको विवरण उपलब्ध गराउन  विभागको आग्रह « Khabarhub

आयातित स्वास्थ्य उपकरणको विवरण उपलब्ध गराउन  विभागको आग्रह


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागले आयात गरिने स्वास्थ्य सामग्री तथा उपकरणको विवरण अनिवार्य रूपमा उपलब्ध गराउन सम्बन्धित सरोकारवालाहरूको लागि सूचना जारी गरेको छ।

विभागले प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धी निर्देशिका, २०७५ बमोजिम अर्थोपेडिक इम्प्लान्ट, इन–भिट्रो परीक्षण सामग्री, शल्यकक्षमा प्रयोग हुने उपकरण, हृदय–रक्तनलीसम्बन्धी सामग्री तथा शल्यक्रियामा प्रयोग हुने उपभोग्य सामग्री लगायतका स्वास्थ्य सामग्री तथा उपकरणको विवरण माग गरेको हो ।

औषधि व्यवस्था विभागका अनुसार अधिकांश स्वदेशी उत्पादक तथा पैठारीकर्ताबाट विवरण प्राप्त भइसकेको भए पनि केही विदेशी उत्पादक तथा पैठारीकर्ताले विवरण नपठाउँदा अभिलेख अद्यावधिक हुन नसकेको बताउँदै सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र सम्बन्धित सबै उत्पादक तथा पैठारीकर्ताले आफ्नो नाम, ठेगाना र स्वास्थ्य सामग्री तथा उपकरणको विवरण उपलब्ध गराउनुपर्ने विभागले जनाएको छ । 

तोकेको समयभित्र विवरण नबुझाएमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ । आयात, उत्पादन र वितरण प्रणालीलाई व्यवस्थित तथा गुणस्तरीय बनाउन सूचना पुनः प्रकाशित गरिएको विभागको भनाइ छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ४ : १९ बजे

मधेशलाई आत्मसात नगरी पूर्ण नेपाली बन्न सकिँदैन : गगन थापा 

सर्लाही– नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशप्रति आफ्नो प्रतिबद्धता व्यक्त

निर्वाचन आयोगमै उम्मेदवारहरूको अपूरो परिचय, मतदाताले कसरी चिन्ने ?

निर्वाचन आयोगले माघ १० गते प्रत्क्षतर्फका ३ हजार ४ सय

पूर्वराजा शाह जनकपुरमा

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरस्थित जानकी मन्दिरको दर्शन गरेका छन्

चन्द्रकला पौडेललाई बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा काम

प्रतिनिधिसभाको निर्वाचनमा सरकार र ६ हजार बढी उम्मेदवारको औपचारिक खर्च नै ३७ अर्ब बढी हुने

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा औपचारिक रूपमा