काठमाडौं– सरकारले नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा काम गर्नका लागि सचिव चन्द्रकला पौडेललाई तोक्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्नेगरि तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
त्यस्तै बैठकले सुतिखोला जलविद्युत आयोजना, तामाकोशी पाँचौ जलविद्युत आयोजना, माथिल्लो सङ्खुवासभा जलविद्युत आयोजना र सेतिखोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय पनि भएको सरकारका प्रवक्ता अर्यालले बताए ।
मन्त्रिपरिषद्का अन्य निर्णयहरू नियमित पत्रकार सम्मेलनमा जानकारी गराइएको उनले बताए ।













प्रतिक्रिया