काठमाडौं– आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ ।
सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतका अधिकारीहरूले मतपत्र छपाई स्थलजनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेर प्रत्यक्षतर्फको मतपत्र छपाइको कामको निरीक्षण समेत गरेका छन् ।
निरीक्षणपछि प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र छपाई सुरु भएको जानकारी दिए ।
मतपत्र छाप्ने काम करिब १५ दिनभित्र सम्पन्न हुने उनले बताए । उनले समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाई कार्य सम्पन्न भएको जानकारी दिए । आगामी फागुन ५ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने योजना रहेको भण्डारीको भनाइ छ ।
उनले मतदान अघि मतपत्रको सुरक्षाका साथै निर्वाचनको सबै तयारी पूरा गरेको उल्लेख गरे । यसअघि जनक शिक्षाले प्रत्यक्षतर्फ करिब ११ लाख नमूना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाएको थियो ।













प्रतिक्रिया