चोरीको मोटरसाइकलसहित एकजना पक्राउ « Khabarhub

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंको पिंगलास्थानबाट सोमबार चोरीको मोटरसाइकलसहित काभ्रेको तेमाल गाउँपालिका घर भइ हाल काठमाडौंको बालाजु बस्ने ४१ वर्षीय बुद्धबहादुर सेढाईंलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पिंगलास्थित एक पार्किङबाट बा ६६ प ४४३४ नम्बरको मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

उक्त मोटरसाइकल पर्साको छिपहरमाई गाउँपालिका ४ बस्ने नागेश्वर साह कानुले हराएको भनी खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका प्रहरीले जानकारी दिएको छ ।

सेढाईलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ९ : २० बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको