चोरीको मोटरसाइकलसहित एकजना पक्राउ « Khabarhub

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंको पिंगलास्थानबाट सोमबार चोरीको मोटरसाइकलसहित काभ्रेको तेमाल गाउँपालिका घर भइ हाल काठमाडौंको बालाजु बस्ने ४१ वर्षीय बुद्धबहादुर सेढाईंलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पिंगलास्थित एक पार्किङबाट बा ६६ प ४४३४ नम्बरको मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

उक्त मोटरसाइकल पर्साको छिपहरमाई गाउँपालिका ४ बस्ने नागेश्वर साह कानुले हराएको भनी खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका प्रहरीले जानकारी दिएको छ ।

सेढाईलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ९ : २० बजे

ट्रम्पद्वारा इरानविरुद्धको सैन्य कारबाही घटाउने संकेत, तेलमाथिको प्रतिबन्धमा अस्थायी खुकुलोपन

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी सैन्य अभियानलाई

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पाँचौँ पटक हिमपात

ताप्लेजुङ– ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार

इटहरीमा आज ‘कोशी एक्सिलेन्स अवार्ड’ हुँदै  

इटहरी– कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्ति तथा

राजमार्ग क्षेत्रको जङ्गलमा टेलिकमको टावर

नवलपरासी– मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका

काठमाडौँ महानगरबाट ‘डाउन सिन्ड्रोम’लगायत अवस्थाका परीक्षार्थीलाई विशेष व्यवस्था

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका