माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै « Khabarhub

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप बालिका तथा किशोरीहरूलाई लगाउने भएको छ ।

स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले यही महिनाको तेस्रो सातादेखि देशव्यापी अभियानका रूपमा एचपीभी खोप लगाइने जानकारी दिए ।

“खोप अभियानअन्तर्गत यस वर्ष विद्यालय भर्ना भएका कक्षा ६ मा पढ्ने छात्रा र विद्यालय भर्ना नभएका १० वर्ष उमेर समूहका बालिकाहरूलाई खोप लगाइने छ”, गौतमले भने, “कक्षा ६ मा पढ्ने ११ र १२ वर्षसम्मका छात्राले पनि खोप पाउनेछन् । फागुनको पहिलो हप्तासम्म लक्षित किशोरी तथा बालिकाहरूलाई खोप लगाइसक्ने हाम्रो तयारी छ ।”

उनले अहिले खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिरहेको बताए । सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप लगाएको थियो । शाखा प्रमुख गौतमले गत वर्ष खोप लगाउन छुटेका बालिकाहरूलाई पनि यसवर्ष खोप प्रदान गरिने जानकारी दिए । गत वर्ष छुटेका ११ देखि १४ वर्षसम्मका बालिकाहरूलाई यसपटक खोप लगाइने छ ।

उनका अनुसार यस वर्ष करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने छ । उक्त खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा चीनबाट नेपाल आइपुगेको उनले जानकारी दिए ।

नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चारजना महिलाको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ । रासस

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ९ : ३० बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका