निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी « Khabarhub

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा उमेदवार बालेन्द्र शाह (बालेन)ले नेपाल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा गरेको टिप्पणीबारे निर्वाचन आयोगमा उजुरी परेको छ ।

धर्मराज तिमिल्सिनाले आइतबार आयोगमा उजुरी दिएका हुन् । शाहले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आवश्यक कारबाहीको माग गरिएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहसका लागि प्रधानमन्त्रीका उम्मेदवारको हैसियतमा आफू तयार रहेको बताएका थिए । उक्त अभिव्यक्तिमा बालेनलाई भदौमा भएको जेनजी आन्दोलनमा भौतिक संरचनाहरु ध्वस्त भएकोमा बालेनलाई व्यंग्यात्मक हिसाबले दोषी आरोप लगाउँदै सिंहदबार जलाउने र बनाउनेबीच बहसमा सहभागी हुन आफू तयार रहेको भनेका थिए ।

बालेनले जवाफमा जेनजी आन्दोलनमा बालबच्चाको हत्या गरेको आरोप तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएका थिए । उनले ओलीकै स्टाटसको कमेन्टमा जवाफ फर्काउँदै हत्याराहरुसँग बहसमा सँगै बस्न नसक्ने भनेका थिए । उनको यही अभिव्यक्तिलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ९ : ४० बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका