१० खेलाडीमा सीमित मोनाकोसँग पिएसजी बराबरीमा रोकियो « Khabarhub

१० खेलाडीमा सीमित मोनाकोसँग पिएसजी बराबरीमा रोकियो


१४ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यूएईएफए च्याम्पियन्स लिग प्लेअफको दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बराबरी खेलेको छ। गएराति मोनाकोसँग पिएसजी बराबरीमा रोकिएको हो। यो बराबरीसँगै पिएसजी अघिल्लो चरण भने प्रवेश गरेको छ।

पिएसजीले घरेलु मैदानमा मोनाकोसँग २–२ को बराबरी खेलेको हो। अघिल्लो लिगको जितका आधारमा पिएसजी ५–४ को अग्रतासँगै अघिल्लो चरण प्रवेश गरेको हो।

गएराति भएको खेलमा पिएसजीविरुद्ध मोनाकोले खेलको ४५ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएको थियो। उसका लागि म्याग्रेस अक्लिउचेले गोल गरेका थिए। खेलको ५८ मिनेटमा मोनाकोका मामाडोउ कौलिबाजल्ले रातोकार्ड खाएपछि टिम १० खेलाडीमा सीमित भएको थियो।

त्यसको फाइदा उठाउँदै पिएसजीले खेलको ६० र ६६ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएको हो। उसका लागि मार्किन्हो र खिभिचा क्वारात्खेलियाले गोल गरे।

खेलको अन्तिम समयमा मोनाकोका लागि जोर्डन तेजेले बराबरी गोल गरेका हुन्।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ७ : ११ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले