विश्वकपमा आज दुई खेल : जित्नै पर्ने दबाबमा रहेका भारत र जिम्बावेको रोचक भिडन्त « Khabarhub

विश्वकपमा आज दुई खेल : जित्नै पर्ने दबाबमा रहेका भारत र जिम्बावेको रोचक भिडन्त


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत बिहीबार आयोजक भारत र जिम्बावे भिड्दैछन्। यो खेल बुधबार साँझ ७ बजेर १५ मिनेट जाँदा सुरु हुँदैछ। यो खेल भारतको चेन्नईमा हुँदैछ।

सुपर-८ अन्तर्गत समूह ‘एक’का भारत र जिम्बावे अंकबिहीन छन्। आजको खेल गुमाउने टिम विश्वकपबाट बाहिरिने छ। त्यसैले आयोजक भारतमाथि आजको खेल जित्नैपर्ने दबाब छ। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको जिम्बाबेका लागिसमेत आजको खेल जितेर सेमिफाइनल यात्रा सहज बनाउनुपर्ने दबाब छ।

त्यसैगरी अर्को खेलमा आजै समूह ‘एक’ कै शीर्ष स्थानमा रहेका दक्षिण अफ्रिका र वेस्ट इन्डिज भिड्दैछन्। यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा भारतको अहमेवादमा हुँदैछ। यो प्रतिस्पर्धामा विजयी टिम सेमिफाइनल पुग्नेछ।

२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर-८ मा पुगेका हुन्।

सुपर-८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह ‘दुई’मा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन्।

कस्तो बन्दैछ समिकरण ?

सुपर-८ को समूह ‘दुई’बाट इंग्ल्यान्ड एक खेल अगाडि नै सेमिफाइनल पुगिसकेको छ। सेमिफाइनल पुग्ने समूह ‘दुई’को अर्को टिमको भने टुंगो लाग्न बाँकी छ। यो समूहबाट श्रीलंका भने बाहिरिसकेको छ। श्रीलंकाले सुपर आठका दुई खेल गुमाएपछि सेमिफाइनल यात्रा अन्त्य भएको हो।

सुपर आठको तालिका अनुसार समूह ‘दुई’मा दुई खेल खेल्दा इंग्ल्यान्ड चार अंकसहित शीर्ष स्थानमा छ भने न्युजिल्यान्डले तीन अंक बनाउँदा पाकिस्तानको एक अंक छ। दुवै खेल गुमाएको श्रीलंका अंकबिहीन छ।

सुपर आठको समूह ‘एक’मा भने वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले दुईदुई अंक जोड्दा भारत र जिम्बावे अंकबिहीन छन्। यो समूहबाट सेमिफाइनल पुग्न अब भारत र जिम्बाबेले दुवै खेल जित्नुपर्ने दबाब छ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ७ : ३१ बजे

बजेट अभावमा विद्यालय भवन अधुरो, टिनले बारिएको कोठामा पढ्दै विद्यार्थी

पर्वत– दक्षिण यहाँको बिहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण

भीरबाट लडेर एक बालिकाको मृत्यु

बागमती– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भीरबाट लडेर एक बालिकाको

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको