राजनीतिबाट ‘निष्क्रिय’ देउवा उपचारका लागि सिंगापुर उडे « Khabarhub

राजनीतिबाट ‘निष्क्रिय’ देउवा उपचारका लागि सिंगापुर उडे


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चुनावको मुखमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका अपदस्थ सभापति शेरबहादुर देउवा विदेश उडेका छन् ।

देउवा निकट स्रोतका अनुसार उनी स्वास्थ्य उपचारका लागि बुधबार सिंगापुर उडेका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बेला देउवा विदेश उडेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै देउवा बुधबार राति सिंगापुर एयरलाइन्सको उडानबाट विदेश उडेका हुन् । देउवा परिवारका सदस्यका साथ उपचारका लागि सिंगापुर उडेको स्रोतको दाबी छ ।

माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयन भएपछि देउवा राजनीतिमा निष्क्रिय छन् । निर्वाचन आयोगले थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित समूहलाई आधिकारिकता दिएसँगै देउवा राजनीतिक कार्यक्रममा देखिएका छैनन् ।

यसअघि उनी भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कुटपिटमा परेपछि उपचारका लागि सिंगापुर पुगेका थिए । स्रोतका अनुसार देउवा उपचारको फलोअपका लागि फेरि सिंगापुर उडेका हुन् ।

फागुन २१ गतेको चुनावमा देउवालाई कांग्रेसले उम्मेदवार बनाएको छैन ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ९ : ४४ बजे

शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र