उपत्यकाको मुहार फेर्न कांग्रेसको ‘भिजन १०’ : तीनै जिल्लाका उम्मेदवारको साझा प्रतिबद्धता « Khabarhub

उपत्यकाको मुहार फेर्न कांग्रेसको ‘भिजन १०’ : तीनै जिल्लाका उम्मेदवारको साझा प्रतिबद्धता

कांग्रेस उम्मेदवारको संयुक्त एजेन्डा


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजधानीका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का नेपाली कांग्रेसका उम्मेदवारहरूले विकासको साझा मार्गचित्र ‘भिजन १०’ सार्वजनिक गर्ने भएका छन्। उपत्यकाको एकीकृत र दिगो विकासका लागि तयार पारिएको १० बुँदे साझा प्रतिबद्धता बिहीबार दिउँसो १ बजे सार्वजनिक गर्न लागिएको हो।

पार्टी महामन्त्री एवं काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलको विशेष सक्रियतामा यो मार्गचित्र तयार पारिएको हो। महामन्त्री पौडेलले उपत्यकाको यातायात व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण र प्रदूषण नियन्त्रणजस्ता साझा मुद्दाहरूमा उम्मेदवारबीच परामर्श गरी यो खाका तयार पारेका हुन्।

“समग्र उपत्यकाको विकास हाम्रो प्राथमिकतामा छ। एक्लाएक्लैभन्दा साझा रूपमा मुद्दा उठाउँदा कार्यान्वयनमा सहज हुने भएकाले संयुक्त प्रतिबद्धता सार्वजनिक गर्न लागेका हौँ,” महामन्त्री पौडेलले भने। उनले आगामी पाँच वर्षभित्र उपत्यकामा गरिने मुख्य कामहरूको स्पष्ट खाका यसमा समेटिएको जानकारी दिए।

नेपाली कांग्रेस काठमाडौँका सचिव सुशन वैद्यका अनुसार काठमाडौँको विशालनगरस्थित भाटभटेनीमा आयोजना गरिने विशेष कार्यक्रममा तीनै जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरू सहभागी हुनेछन्।

राजधानीको बढ्दो सहरीकरणलाई व्यवस्थित गर्न र उपत्यकावासीका साझा समस्या समाधानका लागि यो ‘भिजन १०’ ले मार्गप्रशस्त गर्ने कांग्रेसको विश्वास छ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ११ : ३६ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत