चुनावमा मदिरा र सवारी सञ्चालनमा पूर्ण प्रतिबन्ध, उल्लंघन गरे कारबाही « Khabarhub

चुनावमा मदिरा र सवारी सञ्चालनमा पूर्ण प्रतिबन्ध, उल्लंघन गरे कारबाही


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-फागुन २१ गतेको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन र उल्लंघन गर्नेमाथि तत्काल कारबाही गर्न निर्वाचन आयोगले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै फागुन १८ गते राति १२ बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा कडाइ गर्न विशेष आग्रह गरेको हो ।

आयोगले मतदानको मितिभन्दा ७ दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम यो निर्णय गरेको हो ।

फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान नसकिउन्जेलसम्म सार्वजनिक तथा निजी सवारीसाधन चलाउनमा रोक लगाएको छ ।

एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षा निकायका सवारीसाधन, र कूटनीतिक नियोगका सवारीसाधन भने चल्न पाउँनेछन् । यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू यथावत् रुपमा सञ्चालन हुनेछन् ।

टिकट भएका यात्रुहरूले विमानस्थल आउजाउ गर्न निजी वा एयरलाइन्सको सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन आयोगले स्पष्ट पारेको छ ।

फागुन १८ गते राति १२ बजेदेखि सबै प्रकारका निर्वाचन प्रचारप्रसार गतिविधिमा पूर्ण रोक लाग्नेछ । सवारीसाधन अनुमति सम्बन्धी कार्यविधि, २०८२ बमोजिम मतदानको दिन प्रयोग हुने सवारी पासका लागि आयोगको सचिवालय परिसरमा छुट्टै पास वितरण इकाई खडा गरिने भएको छ। जसमा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँका कर्मचारीहरू खटिनेछन् ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम तत्काल कानुनी कारबाही हुनेछ । जिल्ला आचारसंहिता अनुगमन समिति र गृह मन्त्रालयको निर्देशनमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकाय सक्रिय रहनेछन् । रासस

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  १२ : ३३ बजे

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

काठमाडौं– प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको