देशमै युवाको भविष्य सुनिश्चित गर्छौँ : रास्वपा उम्मेदवार बम « Khabarhub

देशमै युवाको भविष्य सुनिश्चित गर्छौँ : रास्वपा उम्मेदवार बम


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर–४ का रास्वपा उम्मेदवार पुकार बमले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आफू निर्वाचनमा होमिएको बताएका छन् ।  

बिहीबार घरदैलोका क्रममा रास्वपा उम्मेदवार बमले देशमा नै भविष्य खोजेका युवाहरूका लागि उचित वातावरण बनाउँदै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न आफू निर्वाचनमा होमिएको बताएका हुन् ।

आफ्नो क्षेत्रलाई सम्पदा पर्यटनको क्षेत्र बनाउने र विगतदेखि नै काठमाडौं–४ ले भोगिरहेको अन्याय अन्त्य गरिने उनको भनाइ छ ।

बमले आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरू उत्साहित रहेको र रास्वपाले पाँच वर्षका लागि सरकार बनाउन सहयोग गरिरहेकाले आफ्नो पक्षमा नजिता आउने विश्वास व्यक्त गरे । 

काठमाडौं क्षेत्र नम्बर–४ मा रास्वपा उम्मेदवार बमका साथै एमालेबाट राजन भट्टराई, कांग्रेसबाट सचिन तिमल्सिना, नेकपाबाट इन्द्र कुमार भुसाल, राप्रपाबाट सुरेन्द्र भण्डारी लगायत २८ जना चुनावी प्रतिस्पर्धामा छन् । 

यस क्षेत्रमा कूल ७६ हजार १४१ मतदाता रहेका छन् भने कूल ३३ मतदानस्थल र ८८ मतदान केन्द्र रहेका छन् । सो क्षेत्रमा यसअघि नेपाली कांग्रेसका गगन कुमार थापा विजयी भएका थिए । 

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  १ : ०२ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार