एमालेलाई उछिनेर सुर्खेतसम्मै रेल लैजाने रास्वपाको योजना « Khabarhub

एमालेलाई उछिनेर सुर्खेतसम्मै रेल लैजाने रास्वपाको योजना


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पोखरा हुँदै कुश्मा बागलुङ रेल यातायात सञ्चालन गर्ने विषयमा गरेको भाषण गरेका थिए । जुन विषय नेपाली राजनीतिमा निकै व्यङ्ग्यात्मक र चर्चित बन्यो ।

राज्यले स–साना आयोजना समेत समयमा सम्पन्न गर्न नसकिरहेको अवस्थामा रेल, पानीजहाज, घर–घरमा ग्यास पाइप जडान जस्ता एमाले अध्यक्ष ओलीका भाषणलाई अधिकांश नेपालीले निकै हलुका अभिव्यक्तिका रूपमा लिएका थिए ।

पछिल्लो समयमा तीनै अध्यक्ष ओलीले भाषणमा कुश्मा, बागलुङ रेल लैजाने कुरा गर्न छाडेका छन् भने एमालेको चुनावी घोषणापत्रमा पनि सो विषय समेटिएको छैन । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने ओलीको भाषणलाई पनि उछिनेर कर्णालीको सुर्खेतसम्म रेलको शाखा विस्तार गर्ने विषय आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।

‘मेची–महाकाली विद्युतीय रेलमार्गलाई यात्रु र माल ढुवानीको मेरुदण्ड बनाइने छ भने पोखरा, काठमाडौं, दाङ, सुर्खेत र तराईका प्रमुख सहरहरूमा शाखा मार्गहरू सहित नेपाललाई चीन र भारतका रेल सञ्जालसँग जोडिनेछन्’, रास्वपाको चुनावी वाचापत्रमा उल्लेख छ ।

साथै, रास्वपाले नेपालका प्रमुख सहरमा मध्य कालमा विद्युतीय बस र पछि लामो दुरीको रेलमार्ग सञ्जालमा जोड्न ट्रयाम र हलुका रेल समेटिने घोषणा गरेको छ । 

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  १ : ४४ बजे

राजावादीमा फुटको रोग : दुई महिनामै धवलले दुर्गालाई छोडेर दर्ता गरे पार्टी

काठमाडौं– राजतन्त्रवादी राजनीतिमा पुनः एकपटक विभाजन र ध्रुवीकरण देखिएको छ। 

रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं रोल्पाका प्रतिनिधिसभा

देउवा समूहको भेलामा ब्यानरमा देउवा र शशांकको फोटो

काठमाडौं– नेपाली कांग्रेसको देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सभापति

देउवाको भेलामा शेखर र शशांक, सुजाताले साथ दिइन् गगनलाई

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय

इतर समूहको राष्ट्रिय भेलामा देउवा पुगे, गगनलाई सभापति नमान्ने अडान कायमै

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा