चुनावको मुखमा रास्वपा जिल्ला सभापति नै कांग्रेसतिर « Khabarhub

चुनावको मुखमा रास्वपा जिल्ला सभापति नै कांग्रेसतिर


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – चुनाव आउन केही दिन बाँकी रहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने क्रम रोकिएको छैन ।

पछिल्लो पटक रास्वपा नवलपरासी (बर्दघाट सुस्तापूर्व) का जिल्ला सभापति महेन्द्रसिंह ठकुरी नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

बिहीबार बर्दघाट नगरपालिका-१२ चौपत्तामा आयोजित चुनावी सभामा उनलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले स्वागत गरेका छन् ।

ठकुरी रास्वपाका संस्थापक जिल्ला सभापति पनि हुन् । तर फागुन २१ का लागि भएको टिकट वितरणलाई लिएर उनी असन्तुष्ट थिए ।

ठकुरीले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा १२ हजार ४९९ मत प्राप्त गरेका थिए। चुनावको मुखमा ठकुरीले पार्टी छाडेर कांग्रेस प्रवेश गरिदिँदा रास्वपाले धक्का ब्यहोर्नुपरेको छ।

रास्वपाले त्यहाँ कांग्रेस लुम्बिनी प्रदेशका पूर्वमहामन्त्री विक्रम खनाललाई टिकट दिएको छ । अहिले खनाल कांग्रेस नेता विनोद चौधरीविरुद्ध प्रतिस्पर्धा गर्दैछन् ।

यसअघि उनका दाजुले पनि रास्वपा छाडेका छन् । सुस्ता गाउँपालिकाका उपसभापति ठकुरीका दाजु गुप्तसेनले रास्वपा छाडेको घोषणा गरिसकेका छन्।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  १ : ५६ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११