चुच्चे नक्सामा समेटिएको नेपाली भूमिका ३ सय मतदाताले के गर्लान् ? « Khabarhub

चुच्चे नक्सामा समेटिएको नेपाली भूमिका ३ सय मतदाताले के गर्लान् ?



काठमाडौं– दार्चुलाको व्याँस गाउँपालिका–१ का मतदाताले सदरमुकाम खलङ्गाबाट मतदान गर्ने भएका छन् । चुच्चे नक्सामा समेटिए पनि राज्यको उपस्थिति शून्य रहेका लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका ठाउँ त्यही वडामा अवस्थित छन् ।

उक्त क्षेत्र समेटेर सरकारले २०७७ जेठ ७ गते प्रतिनिधिसभाबाट चुच्चे नक्सा सार्वजनिक गरेको थियो । उक्त चुच्चे नक्सामा समेटिएको भूभाग अहिले भारतले अतिक्रमण गरेर आफ्नो कब्जामा राखेको छ।

चुच्चे नक्सा जारी भएपछि १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर रहेको नेपालको कूल क्षेत्रफल १ लाख ४७ हजार ६ सय ४१.२८ वर्गकिलोमिटर कायम भएको छ । तर, चुच्चे नक्सामा समेटिएका ती क्षेत्र भारतीय सेनाको कब्जामा छ । अहिले त्यहाँ नागरिकलाई भारतीय बनाइसकिएको छ ।

नेपाल सरकारको उपस्थिति नरहेको उक्त क्षेत्रमा २०७८ सालको जनगणना पनि हुन सकेन । यद्यपि,, हालसम्म त्यस वडामा करिब ३ सय नेपाली मतदाता रहेको व्याँस गाउँपालिकाका जनप्रतिनिधि बताउँछन् ।

‘हाम्रो पालिकाको १ नम्बर वडामा करिब ३ सय मतदाता बसोबास गर्छन् । उनीहरूले सदरमुकाम खलङ्गाबाट मतदान गर्ने व्यवस्था गरिएको छ’, नाम खुलाउन नचाहेका पालिकाका एक जनप्रतिनिधिले खबरहबलाई जानकारी दिए ।

जाडो मौसममा त्यस क्षेत्रमा बाक्लो हिउँ पर्ने हुँदा चैतसम्म त्यहाँका मतदाता भारत वा अन्य क्षेत्रमा बस्ने गर्ने उनले बताए । ‘अहिले त त्यहाँ जानै सकिँदैन, त्यसैले सदरमुकाममै ल्याएर भोट हाल्ने व्यवस्था गरिएको छ,’ उनले भने ।

निर्वाचन आयोगको निर्वाचन व्यवस्थापन महाशाखाका सह–सचिव राजेन्द्रकुमार केसीले पनि काठमाडौंमा आयोजित निर्वाचनसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै त्यही कुरा बताएका थिए ।

भारतले नेपालको बृहत् कालापानी क्षेत्र आफ्नो भूभागमा समेटी २०७६ मंसिर १६ मा ‘भारतको नयाँ राजनीतिक नक्सा’ प्रकाशित गरेको थियो । भारतको यस निर्णयको नेपालले प्रतिवाद गर्दै वार्ताका लागि पाँच पटकसम्म ‘डिप्लोमेटिक नोट’ पठायो ।

तर भारतले विभिन्न बहानामा वार्ता टारेपछि नेपालले व्याँस गाउँपालिका–१ मा पर्ने लिपुलेक, लिम्पियाधुरा, कालापानीसहित क्षेत्र समेटेर २०७७ जेठ ७ गते संशोधित नक्सा प्रकाशित गर्‍यो । एकलौटी प्रकाशित गरेको भन्दै भारतले नेपालको संशोधित नक्सालाई मान्यता दिएको छैन ।

त्यसपछि भारतले कालापानी आउजाउ गर्न निकै कडाइ गरेको छ  । यद्यपि, छाङ्गरु र तल्लो कावाका नेपालीलाई गुञ्जी, नाभी, कुटीका नातेदारको मरणमा मलामी जान, विवाह वा व्रतबन्धजस्ता सामाजिक कार्यका लागि समय तोकेर आउन र जान दिने गरेको पाइन्छ ।

कुटी, नाभी, गुन्जी, तिल्सी (कालापानी), नाभिडाङमा सैनिक र इन्डो–टिबेटन बोर्डर पोस्टको ब्यारेक भवन रहेको देखिन्छ । तिल्सी र नाभिडाङका नेपालीलाई भारतीय फौजले तल्लो कावा र छाङ्गरुतर्फ लखेटेकाले त्यहाँ अहिले नेपालीको बसोबास छैन ।

चुच्चे नक्सामा समेटिएका नेपाली भूभागमा भारतले जनगणना गर्दै आएको छ । यसअनुसार पश्चिम व्यास इलाका गुञ्जी, नाभी, कुटीमा कुल जनसङ्ख्या करिब ७७६ छ । तर नेपालले २०७८ मा त्यहाँको जनगणना गर्न चाहेर सम्भव हुन सकेन।

सम्वत् २०१८ को जनगणनामा तथ्यांक अधिकृत भैरव रिसाल (हाल दिवंगत वरिष्ठ सञ्चारकर्मी) ले गुञ्जी, नाभी, कुटी इलाकाको जनगणना लिन दुवाडी थर भएका खरिदार तहका गणक खटाई तथ्याङ्क संकलन गरेका थिए  । त्यसबखत सङ्ख्या विभागको प्रमुख सुपरिन्टेन्डेन्ट थिरबहादुर रायमाझी थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ३ : १२ बजे

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई

अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको