काभ्रेमा दुई हजार पाँच सय अस्थायी मतदाता « Khabarhub

काभ्रेमा दुई हजार पाँच सय अस्थायी मतदाता


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार ४८१ अस्थायी मतदाता कायम भएका छन् ।

निर्वाचन आयोगले उक्त निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि-२०८२’ अनुसार जिल्लाबाट मतदाताको नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार निर्माण भएको कार्यविधिअनुसार काभ्रेपलाञ्चोकमा उक्त सङ्ख्यामा अस्थायी मतदाता नामावली सङ्कलित गरिएको जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिए ।

उनका अनुसार सङ्घीय र प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका सङ्घसंस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम अस्थायी मतदाता नामावलीमा समावेश भएका छन् ।

साथै जेष्ठ नागरिक आश्रमलगायत स्थानमा रहेका नागरिक पनि अस्थायी मतदाताका रूपमा समावेश गराइएको शिवाकोटीले बताए। अस्थायी मतदानका लागि मतदानस्थलमा खटिएका प्रहरी, कर्मचारीले सोही स्थानमा मतदान गर्नसक्ने जनाइएको छ । यस्तै कैदीबन्दीले जिल्ला कारागार कार्यालय धुलिखेलमा रहेको अस्थायी मतदान केन्द्रमा मतदान गर्न सक्नेछन् ।

जिल्लामा कूल तीन लाख २६ हजार ६११ मतदाता छन् । जिल्लामा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कूल ४०० मतदान केन्द्र र १८९ मतदानस्थल कायम गरिएका छन् ।

यसैबीच जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीले यहाँका १३ वटै स्थानीय तह लक्षित प्राथमिक उपचार टोली सञ्चालन गर्ने जनाएका छन् । यसका लागि रेडक्रस जिल्ला शाखाले प्राथमिक उपचार सेवा अभिमुखीकरण कार्यक्रम गरी सबै पालिकामा प्राथमिक उपचार टोली पठाउने तयारी गरेको जनाएको छ ।

यहाँका १३ पालिकामध्ये छ समूह विभाजन गरी विभिन्न छ वटा प्राथमिक उपचार टोली गठन गरिएको रेडक्रसका मन्त्री राजु सिग्देलले जानकारी दिए ।

सिग्देलका अनुसार जोखिमयुक्त मतदान केन्द्र पहिचान गरी सोहीअनुसार टोली परिचालन गरिनेछ । जिल्लास्थित प्रशासन, सुरक्षाकर्मी तथा स्थानीय स्वास्थ्य केन्द्रसँगको समन्वयमा टोली परिचालन हुने उनले बताए।

जिल्लाभर परिचालित छ टोलीमा ५१ जना सदस्य रहने र ती टोलीले मतदाताका लागि आवश्यक प्राथमिक उपचार सेवा र एम्बुलेन्स सेवा प्रदान गर्नेछन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ३ : ०९ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार