बाढीले थला परेको रोशीमा छैन चुनावी चहलपहल (तस्बिरहरू) « Khabarhub

बाढीले थला परेको रोशीमा छैन चुनावी चहलपहल (तस्बिरहरू)


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले देशभर चुनावी माहौल छाएको छ ।  नयाँ पुस्ता जेन-जी आन्दोलनपछि गठित अन्तरिम सरकारले यही फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्दै छ । 

२०८१ को असोज दोस्रो साता आएको भीषण वर्षाका कारण काभ्रेपलान्चोक निर्वाचन क्षेत्र २ अन्तर्गतको रोशी क्षेत्रमा भने चुनावको खासै चहलपहल देखिँदैन ।

जनवायु परिवर्तन सँगै अव्यवस्थित रुपमा सञ्चालन गरिएको खानीका कारण सो क्षेत्रका अधिकांश स्थानीयहरू घर, खेत बगाउँदा उनीहरू विस्थापित हुनु परेको छ ।
 
सो क्षेत्रमा यस पटकको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ, तर पनि उनीहरू खुलेर भोट माग्न नआएको स्थानीय राधिका के.सी बताउछिन् । निर्वाचनका लागि नेताहरू बाटोतिर हिँडेको देखे पनि भोट माग्न प्रत्यक्ष रुपमा घरदैलोमा नआएको उनले बताइन् ।

घर, खेत बगरमा परिणत भएको उनीहरूले राहतको नाममा २,३ बोरा चामल र केही रकम भने पाएका छन् । तर स्थानीय समस्या समाधानका लागि स्थानीय निकाय, सरकारले पनि बेवास्ता गरेको उनीहरू बताउँछन्। 

प्रतिनिधिसभा सदस्य निर्वाचन-२०७९ मा प्रत्यक्षतर्फ सो क्षेत्रबाट एमालेका गोकुल बाँस्कोटाले ४५ हजार ३४५ मत ल्याएर विजयी भएका थिए ।

यसपटक एमालेका ५४ वर्षीय केन्द्रीय सदस्य अशोककुमार ब्याञ्जू, कांग्रेसका तर्फबाट ६१ वर्षीय केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, रास्वपाबाट ३३ वर्षीय बदनकुमार भण्डारी र नेकपाबाट ५५ वर्षीय बसुन्धरा हुमागाईंले उम्मेदवारी दर्ता गराएका छन् ।

 दुईदिने झरीमा उर्लिएर आएको कोशीले पनौती नगरपालिका र रोशी गाउँपालिकाका कैयौं बस्ती बगायो । घरखेत बगरमा परिणत भए। जनधनको ठूलो क्षति भयो । रोशी खोला छेउछाउका कैयौँ बस्ती सखाप भएका छन् । घरखेत, विद्यालय, पक्की पुल बगेका छन् र हाल सम्म पनि पुननिर्माण नहुँदा सो क्षेत्रको अवस्था जस्ताका त्यस्तै रहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ३ : ५७ बजे

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन