रश्मिका–विजय लामो प्रेमपछि वैवाहिक बन्धनमा बाँधिए « Khabarhub

रश्मिका–विजय लामो प्रेमपछि वैवाहिक बन्धनमा बाँधिए


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतीय फिल्मका चर्चित जोडी रश्मिका मन्दाना र विजय देवरकोंडा लामो समयको प्रेम सम्बन्धपछि वैवाहिक जीवनमा बाँधिएका छन ।

बिहीबार उदयपुरमा भव्य समारोहमा विवाह गरेका हुन्। समारोह भीडभाड र अनावश्यक प्रचारबाट टाढा राखिएको थियो, जसले दम्पतीको चाहना अनुसार गोपनीयता कायम गरिएको थियो ।

भारतीय मिडिया अनुसार विवाह दुई फरक परम्पराअनुसार सम्पन्न भएको छ। विजयको पक्षबाट तेलुगु रीतिरिवाजअनुसार विधिपूर्वक विवाह सम्पन्न भयो भने रश्मिकाको पक्षबाट कोडवा परम्पराअनुसार अर्को समारोहको आयोजना हुने छ। विवाहका कार्यक्रम चार दिनअघि नै सुरु भएका थिए। बिहीबार साँझ विवाह सम्पन्न भएपछि दम्पतीले भव्य रिसेप्सन पार्टी आयोजना गर्ने योजना बनाएका छन्।

रश्मिका र विजयले सन् २०१८ मा प्रदर्शन भएको ‘गीता गोविन्दम’ र सन् २०१९ को ‘डियर कमरेड’मा संगै अभिनय गरेका थिए। यी फिल्ममा उनीहरूको आकर्षक केमेस्ट्री र अभिनयले दर्शकहरूको मन जितेको थियो। लामो समयको प्रेम सम्बन्ध अब वैवाहिक जीवनमा परिणत भएपछि फ्यानहरूमा उत्साह र खुसीको लहर चलेको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ५ : १९ बजे

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन