युनेस्कोबाट जेष्ठ वर्ण महाविहार संरक्षण परियोजनालाई अवार्ड अफ मेरिट « Khabarhub

युनेस्कोबाट जेष्ठ वर्ण महाविहार संरक्षण परियोजनालाई अवार्ड अफ मेरिट


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरस्थित जेष्ठ वर्ण महाविहार संरक्षण परियोजनाले सन् २०२५ का लागि घोषित युनेस्कोको एसिया–प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कारअन्तर्गत ‘अवार्ड अफ मेरिट’ प्राप्त गरेको छ ।

सन् २०२६ फेब्रुअरीमा सार्वजनिक गरिएको उक्त घोषणामा परियोजनालाई संरक्षण उत्कृष्टता र दिगो दृष्टिकोणका लागि सम्मान गरिएको हो । पुरस्कार युनेस्कोले प्रदान गरेको हो ।

यो परियोजना सन् २०१७ अगस्टमा भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत भारत सरकारको सहयोगमा ललितपुर जिल्लामा कार्यान्वयन हुने सात सांस्कृतिक सम्पदा परियोजनामध्ये एकका रूपमा छनोट गरिएको थियो ।

परियोजना नेपाल सरकारअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) ले कार्यान्वयन गरेको हो । सन् २०२१ मार्चमा १३.७८ करोड रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो । निर्माण कार्य एम/एस सीएम–पाचाली जेभीले सम्पन्न गरेको हो ।

भारत सरकारद्वारा सन् २०१९ डिसेम्बरमा इन्डियन नेशनल ट्रस्ट फर आर्ट्स एन्ड कल्चरल हेरिटेजलाई परियोजनाको परियोजना व्यवस्थापन परामर्शदाता (पीएमसी) का रूपमा नियुक्त गरिएको थियो । इन्ट्याकले संरक्षण तथा निर्माण कार्यको प्रत्यक्ष अनुगमन गरेको थियो ।

परियोजनाअन्तर्गत ऐतिहासिक मन्दिर र सत्तलहरूलाई मौलिक स्वरूप र संरचनागत स्वरूपअनुसार पुनर्निर्माण गरिएको छ । भवनहरूलाई भूकम्प प्रतिरोधी बनाउने व्यवस्था गरिएको छ ।

यसका साथै, काठका ऐतिहासिक कलाकृति, ढुंगाका मूर्ति तथा मन्दिर प्रवेशद्वारमा रहेको भित्ते चित्रको संरक्षण तथा पुनःस्थापना गरिएको छ । स्थलको प्रयोग र अवस्थालाई ध्यानमा राखी प्रकाश व्यवस्था, सरसफाइ तथा वर्षा पानी संकलन प्रणाली जस्ता सेवा सुविधाको स्तरोन्नति पनि गरिएको छ ।

परियोजना भौतिक रूपमा सम्पन्न भई सन् २०२४ मार्च २२ मा उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा तत्कालीन शहरी विकास मन्त्री धनबहादुर बुढा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी भएका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ८ : ०५ बजे

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी

इरानद्वारा जोर्डनमा २० वटा मिसाइल प्रहार

काठमाडौं- इरानले जोर्डनतर्फ २० मिसाइल प्रहार गरेको छ । जोर्डनको

ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

एजेन्सी– ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक

विपद् तयारीमा जुट्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै