कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्माको पद यथावत् राख्न सर्वोच्चको अन्तरिम आदेश « Khabarhub

कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्माको पद यथावत् राख्न सर्वोच्चको अन्तरिम आदेश


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतले कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्माको पद यथावत् राख्न अन्तरिम आदेश दिएको छ ।

तत्कालीन नेकपा माओवादीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को प्रचारमा लागेको आरोपमा कर्णाली प्रदेशसभा सचिवालयले पद खारेज गर्ने निर्णय गरेपछि शर्माले गत शुक्रबार सर्वोच्चमा रिट दिएका थिए । सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले अदालतले अन्तरिम आदेश जारी गर्दै शर्माको पद यथावत् कायम राख्न भनेको छ ।

रिट निवेदकका तर्फबाट सर्वोच्चमा भएको सुनुवाइपछि नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेशसभा दलको कार्यालय र नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नाममा अन्तरिम आदेश जारी भएको हो।। शर्मा प्रलोपाका कर्णाली प्रदेश इन्चार्जसमेत हुन् । सर्वोच्चले रिटको अन्तिम टुंगो नलागेसम्म शर्माको पद यथावत् कायम राख्न अन्तरिम आदेशमा भनेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ८ : २२ बजे

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज