टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य « Khabarhub

टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा भारतले जिम्बाब्वेलाई २५७ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २५६ रन बनायो ।

भारतका लागि अविशेष शर्मा र हार्दियक पाण्ड्याले अर्धशतकिय इनिङ्स खेले । अविशेषले ३० बलमा ४ चौका र ४ छक्कासहित ५५ रन बनाउँदा पाण्ड्याले २३ बलमा नटआउट ५० रन बनाए । यस्तै तिलक बर्माले पनि विष्फोटक ब्याटिङ गरे । मात्रै १६ बलको सामना गरेका उनले ३ चौका र ४ छक्को मदतमा ४४ रन बनाए । इसान किनसले ३८, कप्तान सुर्यकुमार यादवले ३३, सञ्जु सैमसनले २४ रन बनाए ।

जिम्बाब्वेका लागि सिकन्दर रजा, रिचर्ड नागरावा, ब्लेसिंग मुजारबानी र टिनोटेन्डा मापोसाले एकएक विकेट लिए ।

सुपर–८ अन्तर्गत समूह ‘एक’का भारत र जिम्बावे अंकबिहीन छन् । आजको खेल गुमाउने टिम विश्वकपबाट बाहिरिने छ । त्यसैले आयोजक भारतमाथि आजको खेल जित्नैपर्ने दबाब छ। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको जिम्बाबेका लागि समेत आजको खेल जितेर सेमिफाइनल यात्रा सहज बनाउनुपर्ने दबाब छ।

२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर८ मा पुगेका हुन्। सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह ‘दुई’मा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन्।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ९ : १२ बजे

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा

बलिउड अभिनेत्री शेट्टीले गरिन् पशुपतिनाथमा पूजा, आराधना

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा,