धर्मेन्द्र बास्तोला र सुनिल साह रिहा « Khabarhub

धर्मेन्द्र बास्तोला र सुनिल साह रिहा


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका सुनिल प्रसाद साह (एसपी साह) रिहा भएका छन् ।

अदालतको आदेशअनुसार उनीहरूलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।

उनीहरू दुवै जना फागुन ५ मा पक्राउ परेका थिए । धर्मेन्द्र बास्तोलालाई सर्वोच्च अदालत र एस।पी शाहलाई उच्च अदालत पाटनले थुनामुक्त गर्न आदेश गरेको थियो ।

बास्तोलालाई निर्वाचिन भाँड्ने गतिविधि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो भने साहलाई प्रसाईँ पक्राउको विरोधमा देशभर सार्वजनिक सवारीमा आगजनी गर्न समर्थकलाई निर्देशन दिएको आरोपमा पक्राउ परेका थिए ।

प्रसाईँ यसअघि नै रिहा भइसकेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ९ : ५३ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार