भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे « Khabarhub

भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जिम्बावेलाई ७२ रनले पराजित गर्दै भारतले आईसीसी टी–२० विश्वकप २०२६ को सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

यो जितसँगै सुपर–८ को समूह ‘ए’ मा रहेको भारतले दुई खेलबाट समान एक जित र हारसहित दुई अंक जोडेको छ । अब सेमिफाइनल यात्रा वेस्ट इन्डिजविरुद्धको खेलबाट तय हुनेछ । यो खेलमा भारतले वेस्ट इन्डिजलाई पराजित गर्नुपर्ने हुन्छ ।

बिहीबार भारतको चेन्नाईस्थित चिदमबरम क्रिकेट रंगशालामा घरेलु टोलीले प्रस्तुत गरेको २५६ रनको लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो । जिम्बावेलाई सस्तैमा रोक्न अर्सदीप सिंहले तीन विकेट लिए ।चार ओभर बलिङ गरेका उनले २५ रन खर्चिए ।

वरुण चक्रवर्ती, शुभम दुवे र अक्षर पटलले समान एक विकेट लिए । जिम्बावेका निम्ति ओपनर ब्रायन बेन्निटले सर्वाधिक ९७ रन बनाए । अविजित रहेका बेन्निटले ५९ बलमा आठ चौका र ६ छक्का प्रहार गरे । कप्तान सिकन्दर राजाले ३१ रन बनाए । कप्तान राजाले २१ बलमा समान दुई चौका र छक्का प्रहार गरे । ओपनर टाडिवनाशे मारुमानीले २० र टोनी मुन्योगांले ११ रन बनाए ।

त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको भारतले जिम्बावेविरुद्ध निर्धारित २० ओभरमा चार विकेट गुमाएर २५६ रनको योगफल खडा गरेको थियो । भारतका ओपनर अभिषेक शर्माले ५५ रनको अर्धशतकीय इनिङ खेले । ३० बल खेलेका शर्माले समान चार चौका र छक्का प्रहार गरे ।

उनले दोस्रो विकेटको निम्ति इशान किशनसँग ७२ रनको साझेदारी गरेका थिए । अविजीत रहेका हार्दिक पाण्ड्याले ५० रन जोडे । इनिङको दोस्रो अर्धशतक बनाएका पाण्ड्याले २३ बलमा दुई चौका र चार चौका प्रहार गरे । अविजित रहेका अर्का बयाटर तिल वर्माले ४४ रन बनाए ।

वर्माले १६ बलमा तीन चौका र चार छक्का प्रहार गरे । इशान किशनले ३८ रन बनाए । किशनले २४ बलमा चार चौका र एक छक्का प्रहार गरे । कप्तान सुर्यकुमार यादवले ३३ रन जोडेका थिए । जिम्बावेका रिचार्ड एनगरावा, ब्लेसिङ मुजरबानि, टिनोटेन्डा मोपासा र सिकन्दर राजाले समान एक विकेट लिए । हारसँगै जिम्बावे भने विश्वकपबाट बाहिरियो ।

जिम्बावेले सुपर–८ को दुई खेल खेल्दा दुवै खेल हारेपछि अंकविहीन बनेको छ । अब जिम्बावेले आफ्नो अन्तिम खेलमा दक्षिण अफ्रिकासँग खेल्नेछ ।

आजै सुपर–८ अन्तगर्त भएको पहिलो खेलमा वेस्ट इन्डिजलाई नौ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनल प्रवेश गरेको छ । भारतको अहम्दाबादस्थित नरेन्द्रमोदी क्रिकेट रंगशालामा वेस्ट इन्डिजले प्रस्तुत गरेको १७७ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा सात विकेट गुमाएर पूरा गरेको थियो ।

यो जितसँगै दक्षिण अफ्रिका सुपर–८ को समूह ‘ए’ बाट सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम बन्यो । दुई खेल खेलेको उसले दुवैमा जित निकाल्दै चार अंक जोड्यो । अब सुपर–८ को अन्तिम खेलमा दक्षिण अफ्रिकाले जिम्बावेसँग मार्च १ मा खेल्ने तालिका छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ११ : ०८ बजे

भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे

काठमाडौँ – जिम्बावेलाई ७२ रनले पराजित गर्दै भारतले आईसीसी टी–२०

नेपाल– भारत सीमामा गयो भूकम्प

काठमाडौं – नेपाल–भारत सीमामा फेरि भूकम्प गएको छ । बिहीबार

मुद्दा केन्द्रित प्रचार गर्न कांग्रेस उपसभापति शर्माको आग्रह

नवलपरासी – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन प्रचारप्रसारलाई मर्यादित

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको

बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापा – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा