आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत शुक्ल पक्षको अष्टमी तिथि तदनुसार सन् २०२६ मार्च २६ तारिख। चैते दशैँ/श्री स्वेत मत्स्यन्द्रनाथ रथ यात्रा/गोरखकाली पूजा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष :  सामान्य राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । शिक्षामा प्रगति हुने योग छ । लगानी गर्नुपर्ने भए सहकार्य गरेमा फाइदा हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

वृष :  दिन राम्रो छ । उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । आज गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मिथुन : दिन धेरै राम्रो छ । व्यवसायमा साझेदारी गरेमा फाइदा हुनेछ । राज्यका तर्फबाट अवरोध हुने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ । व्यापारमा फाइदा हुने दिन छ ।

कर्कट : शुभग्रहको बहुमत भएकाले दिन सहज बन्नेछ । दाजुभाइले साथ दिनेछन् । व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ । कपडाको व्यापारमा राम्रो आम्दानी हुनेछ । राज्यको निगरानीमा भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ ।

सिंह : स्वास्थ्यले साथ दिनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । लगानी गर्ने भए शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । तर मन अशान्त बन्नसक्छ ।

कन्या : दिन राम्रो छ । मनमा उत्साह बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । रोगले सताउने जोखिम छ । परिवारसँग रमाइलो घुमघाम हुनेछ ।

तुला : दाजुभाइसँगको सहकार्यले मन खुशी हुनेछ । पेट सम्बन्धी समस्या हुने भएकाले खानपानमा सचेत बन्नु आवश्यक देखिन्छ । बोली र व्यवहारमा एकरुपता कायम गर्नुपर्ने देखिन्छ । परिवारमा मेलमिलाप बढ्नेछ ।  

वृश्चिक : दिन सामान्य राम्रो छ । सञ्चित धन खर्च हुँदा मन खिन्न बन्नेछ । सहकर्मीले साथ दिनेछन् । परिवारको साथ र सहयोग मिल्नेछ । साथीको सहयोगमा महत्त्वपूर्ण काम बन्ने योग रहेको छ ।

धनु : शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ । मन उदास बन्नसक्छ । दिनको सुरुवात दान वा पिपलको दर्शनबाट गर्न सकेमा दैनिकी सहज बन्नेछ ।

मकर : गला र कलाको प्रदर्शनले नाम र दाम मिल्नेछ । स्वास्थ्य लाभ हुनेछ । आर्थिक अवस्थामा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ । काममा थप मिहिनेत गर्नुपर्ने छ ।

कुम्भ :  दिन राम्रो छ । आज सोचेका काम पूरा हुनेछन् । कतै घुमफिरको योजना बन्न सक्छ । खर्च पनि हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ ।

मीन : दिन सामान्य छ । हरेक क्षेत्रमा बाधा सिर्जना हुनेछ । मानसिक रुपमा खटपटी बढ्नेछ । मध्य साढेसाती भएकाले बिहान उठेर शिवको भजन गर्न सकेमा दैनिकी सहज बन्नेछ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ५ : १६ बजे

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र

दुई फर्मलाई जरिवाना, १७ लाई निर्देशन

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगनका क्रममा

अमेरिकी डलरको भाउ उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर