महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली « Khabarhub

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न असफल भएको छ । चालु आर्थिक वर्ष २०८२–८३ को फागुन मसान्तसम्म १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली भएको हो ।

भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायले बाँकी चार महिनामा १४ प्रतिशत राजस्व सङ्कलन लक्ष्य पूरा गर्न चुनौतीपूर्ण रहे पनि कार्यालयले प्रयास गरिरहेको बताए ।

चालु आवको साउनमा एक करोड ६४ हजार ५९७, भदौमा एक करोड ५९ लाख ११ हजार ५४२, असोजमा एक करोड ९१ लाख ९५३, कात्तिकमा ८७ लाख २५ हजार २९७, पुसमा एक करोड २३ लाख ९८ हजार ६३६ र फागुनमा एक करोड ३९ लाख ४५ हजार ५८४ राजस्व असुली भएको उनले जानकारी दिए ।

यसैगरी मङ्सिर महिनामा एक करोड ८३ लाख ३२ हजार ६८३, माघमा एक करोड ६९ लाख ३० हजार १४१ अर्थात् लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ९ : १३ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको