इरानले भारतलाई होर्मुज स्ट्रेट हुँदै तेल बोकेका जहाज आवतजावतको अनुमति दियो « Khabarhub

इरानले भारतलाई होर्मुज स्ट्रेट हुँदै तेल बोकेका जहाज आवतजावतको अनुमति दियो


१२ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले भारत, चीन, रूस, इराक र पाकिस्तान लगायत ‘मित्र राष्ट्र’लाई होर्मुज जलमार्ग हुँदै आवतजावत गर्न अनुमति दिएको छ।

एएनआईका अनुसार मुम्बईस्थित इरानी कन्सुलेटले उक्त जानकारी दिएको हो। कन्सुलेटका अनुसार अब्बास अराघचीले ‘मित्र राष्ट्रहरूलाई होर्मुज हुँदै आवतजावत गर्न छुट दिइएको’ बताएका छन्।

इरानले यसअघि पनि होर्मुज जलडमरूमध्य पूर्ण रूपमा बन्द नगरिएको स्पष्ट पारेको थियो। इरानविरुद्ध रहेका देशहरूका लागि मात्र यो मार्ग बन्द गरिएको हो । अन्य देशहरूलाई केही सर्तसहित अनुमति दिइएको बताइएको छ।

होर्मुज खुल्दा भारतलाई ५ ठूला फाइदा

भारतले आफ्नो आवश्यक तेलको करिब ८५ प्रतिशत आयात गर्छ, जसमा ५५–६० प्रतिशत खाडी देशबाट आउँछ। यसमा होर्मुज महत्वपूर्ण मार्ग हो।

भारतले दैनिक करिब ५० लाख ब्यारेल तेल प्रयोग गर्छ। मार्ग खुला रहँदा आपूर्ति अवरुद्ध हुँदैन।

युद्धका कारण तेलको मूल्य १०० डलर प्रति ब्यारेलभन्दा माथि पुगेको थियो। मार्ग खुल्दा मूल्य स्थिर रहन सक्छ।

युद्धको तनावका बेला जहाज बीमा लागत २–३ गुणासम्म बढेको थियो। मार्ग सुरक्षित हुँदा ढुवानी खर्च घट्नेछ।

मध्यपूर्वबाट भारत आउने जहाजहरू अब करिब ५ देखि १० दिनमै पुग्न सक्नेछन्।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  १२ : ४२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको