जर्मनीले भन्यो, ‘इरान युद्ध हाम्रो होइन, हामी फस्न चाहँदैनौं’ « Khabarhub

जर्मनीले भन्यो, ‘इरान युद्ध हाम्रो होइन, हामी फस्न चाहँदैनौं’


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

बर्लिन– जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले इरानविरूद्धको युद्धलाई विश्व अर्थतन्त्रका लागि विनाशकारी बताएका छन्। उनले युद्धको प्रभाव विश्वभर स्पष्ट देखिन थालेको बताएका हुन्।

अष्ट्रेलिया को संसदमा भएको छलफलका क्रममा उनले युद्ध सुरुदेखि नै गलत दिशामा गएको र यसले विश्व अर्थतन्त्रमा नकारात्मक असर पारेको बताए।

जर्मनी यो युद्धको हिस्सा नरहेको र सहभागी हुने कुनै योजना पनि नभएको उनले स्पष्ट पारे।

पिस्टोरियसले जर्मनीलाई युद्धअघि कुनै जानकारी नदिइएको र सल्लाहसमेत नगरिएको बताए।

उनले स्पष्ट रूपमा भने, ‘यो हाम्रो लडाइँ होइन, त्यसैले हामी यसमा फस्न चाहँदैनौं।’

उनले अमेरिका र ईरानलाई तत्काल हिंसा रोक्न र वार्ताको बाटो अपनाउन आग्रह गरेका छन्।

शान्तिको आशामा चीन

चीनका विदेशमन्त्री वाङ यीले अमेरिका र इरानबीच वार्ता सुरु भए शान्तिको सम्भावना देखिने बताएका छन्।

इजिप्टका विदेशमन्त्री बद्र अब्देलात्तीसँगको कुराकानीका क्रममा उनले दुवै देशबाट वार्ताका संकेत आएको उल्लेख गरे।

वाङ यीले अन्तर्राष्ट्रिय समुदायलाई पनि दुवै पक्षबीच संवाद बढाउन सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।

चीनको धारणा अनुसार अवस्था गम्भीर भए पनि वार्ता सुरु भए युद्ध अन्त्य हुने आशा बढ्नेछ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  १ : १९ बजे

रास्वपा सांसद लिमाले भनिन्- जनमतको सम्मान गर्दै काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले जनताले

बेमौसमी वर्षाले रूपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति

सिद्धार्थनगर–  बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रूपन्देहीका इँटा उद्योगमा करोडौँको

शपथपछि हर्कले भने- प्रतिपक्षीमा बसेर सरकारलाई सहयोग गर्छौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी प्रतिपक्षीमा

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा

यूएईको आबु धाबीमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा दुई जनाको मृत्यु

आबु धाबी- संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबु धाबीमा