जर्मनीले भन्यो, ‘इरान युद्ध हाम्रो होइन, हामी फस्न चाहँदैनौं’ « Khabarhub

जर्मनीले भन्यो, ‘इरान युद्ध हाम्रो होइन, हामी फस्न चाहँदैनौं’


१२ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

बर्लिन– जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले इरानविरूद्धको युद्धलाई विश्व अर्थतन्त्रका लागि विनाशकारी बताएका छन्। उनले युद्धको प्रभाव विश्वभर स्पष्ट देखिन थालेको बताएका हुन्।

अष्ट्रेलिया को संसदमा भएको छलफलका क्रममा उनले युद्ध सुरुदेखि नै गलत दिशामा गएको र यसले विश्व अर्थतन्त्रमा नकारात्मक असर पारेको बताए।

जर्मनी यो युद्धको हिस्सा नरहेको र सहभागी हुने कुनै योजना पनि नभएको उनले स्पष्ट पारे।

पिस्टोरियसले जर्मनीलाई युद्धअघि कुनै जानकारी नदिइएको र सल्लाहसमेत नगरिएको बताए।

उनले स्पष्ट रूपमा भने, ‘यो हाम्रो लडाइँ होइन, त्यसैले हामी यसमा फस्न चाहँदैनौं।’

उनले अमेरिका र ईरानलाई तत्काल हिंसा रोक्न र वार्ताको बाटो अपनाउन आग्रह गरेका छन्।

शान्तिको आशामा चीन

चीनका विदेशमन्त्री वाङ यीले अमेरिका र इरानबीच वार्ता सुरु भए शान्तिको सम्भावना देखिने बताएका छन्।

इजिप्टका विदेशमन्त्री बद्र अब्देलात्तीसँगको कुराकानीका क्रममा उनले दुवै देशबाट वार्ताका संकेत आएको उल्लेख गरे।

वाङ यीले अन्तर्राष्ट्रिय समुदायलाई पनि दुवै पक्षबीच संवाद बढाउन सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।

चीनको धारणा अनुसार अवस्था गम्भीर भए पनि वार्ता सुरु भए युद्ध अन्त्य हुने आशा बढ्नेछ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  १ : १९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको