यूएईको आबु धाबीमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा दुई जनाको मृत्यु « Khabarhub

यूएईको आबु धाबीमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा दुई जनाको मृत्यु


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

आबु धाबी- संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबु धाबीमा बिहीबार बिहान ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा दुई जनाको मृत्यु भएको छ । सुरक्षा बलले इरानबाट प्रहार गरिएको क्षेप्यास्त्रलाई आकाशमै सफलतापूर्वक नष्ट गरेको थियो ।

तर, त्यसको टुक्राहरू भुइँमा खस्दा दुई जनाको ज्यान जानुका साथै अन्य तीन जना घाइते भएका छन् । आबु धाबीको स्विहान सडकमा भएको घटनामा केही सवारी साधनहरूमा समेत क्षति पुगेको छ ।

यूएईको रक्षा मन्त्रालयले आफ्ना हवाई रक्षा प्रणालीले इरानबाट आएका क्षेप्यास्त्र र ड्रोनहरूलाई विफल पारेको पुष्टि गरेको छ । बुधबार मात्रै यूएईको रक्षा प्रणालीले नौवटा ड्रोनहरूलाई बीचैमा रोकेको थियो ।

पश्चिम एशियामा द्वन्द्व चर्किँदै जाँदा हालसम्म यूएईले ३५७ ब्यालिस्टिक क्षेप्यास्त्र, १५ क्रुज क्षेप्यास्त्र र १,८१५ वटा ड्रोनहरूलाई सफलतापूर्वक निष्क्रिय पारिसकेको छ । आक्रमणका कारण हालसम्म यूएईमा ११ जनाले ज्यान गुमाइसकेका छन् भने १ सय ६६ जना घाइते भएका छन् ।

अधिकारीहरूले सर्वसाधारणलाई आधिकारिक स्रोतबाट आएका समाचारमा मात्र विश्वास गर्न र अफवाह नफैलाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  २ : ४३ बजे

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज

भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरो अदालतमा उपस्थित हुँदै

न्यूयोर्क- भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो अमेरिकास्थित अदालतमा उपस्थित हुने भएका

थप शपथ लिँदै ज्ञानेन्द्र शाहीले भने- नष्ट हुन्छु, भ्रष्ट हुन्न

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देश

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय