देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न सांसदलाई अध्यक्ष ओलीको निर्देशन « Khabarhub

देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न सांसदलाई अध्यक्ष ओलीको निर्देशन


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणामबाट निराश नभई देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्। 

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज शपथ लिएलगत्तै पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदलाई जनहित र राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले यसअघि पनि पार्टीले देश र जनता पक्षमा काम गरेको स्मरण गराउँदै आगामी दिनमा पनि मुलुकको समृद्धिका पक्षमा काम गर्नुपर्नेमा जोड दिए । उनले आफूहरू सत्य, समृद्धि र विकासको मार्गमा रहेकाले आफूविरुद्ध हुनसक्ने गलत प्रचारविरुद्ध दृढतापूर्वक सामना गर्दै अघि बढ्नुपर्ने बताए।

‘हामीविरुद्ध तथ्य र तर्कमा आधारित नभई असभ्य र भ्रमपूर्ण रूपमा प्रहार हुनसक्ने भएकाले त्यसको डटेर सामना गर्न एकजुट हुनुको विकल्प छैन । अहिले नै हामीले हरेस खानुपर्ने कुनै आवश्यकता छैन । हामी सत्यको मार्गमा थियौँ, छौँ र रहनेछौँ’, उनले भने ‘यस अवस्थामा हाम्रो पार्टी एकताबद्ध र एक ढिक्का भएर अगाडि बढ्नुपर्छ । पार्टीका नीति र निर्णयबमोजिम अनुशासित भएर नेता र सांसद प्रस्तुत हुनुपर्छ ।’

अध्यक्ष ओलीले अहिले विश्व राजनीतिमा अराजकता हाबी भएको भन्दै संयुक्त राष्ट्रसङ्घजस्ता निकाय निष्प्रभावी भएका बताए। कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल, महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याललगायत सहभागी थिए।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ४ : ३१ बजे

जेन-जीका नाममा जलाइएको गोदावरी हल पुनःनिर्माणमा बल्ल जुट्यो सरकार

काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सरकारले ४ वर्ष

त्रिसठ्ठीभन्दा बढी सांसदले लिए मातृभाषामा शपथ

काठमाडौं– आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरूले शपथ लिएका

ओलीको तर्क : अहिले पनि एमाले २०७९ को रास्वपाभन्दा ठूलै छ, आत्तिनु पर्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छ : सांसद अर्याल 

काठमाडौं– नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका

कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ

काठमाडौं– कुमारी बैंक लिमिटेड मास्टरकार्ड सेवा औपचारिक रूपमा सार्वजनिक गर्दै