सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी « Khabarhub

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी


१२ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ नेता बालेन्द्र शाहले भोलि प्रधानमन्त्री पदको शपथ लिँदैछन् । राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले भोलि नै सिंहदरबारमा पुगेर प्रधानमन्त्रीको पदवाहली गर्नेछन् ।

बालेनले सिंहदरबारमा आफ्नो आसन पनि वास्तुशास्त्रअनुसार हेरफेर पारेका छन् । उनले विगतका प्रधानमन्त्रीको आसन परिवर्तन गरिएको छ । बालेन बस्ने कुर्सी उत्तर फर्काइएको छ ।

बालेनको आसन मिलाउन वास्तुविज्ञलाई लिएर सहसचिव प्रदीप परियार र बालेनका विश्वास पात्र कुमार बेनसहितको टोली सिंहदरबार पुगेको थियो । परियार बालेन काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदाका प्रमुख प्रशासकीय अधिकृत थिए ।

उक्त टोलीले प्रधानमन्त्री कार्यालयका सचिव गोविन्द कार्कीसमक्ष मन्त्रिपरिषद् बैठक हलको सेटअप, प्रधानमन्त्रीले डिप्लोम्याटसँग भेट गर्ने आसन र बालेन बस्ने कुर्सी तथा ठाउँ परिवर्तन भनेको थियो । सोहीअनुसार काम गरिएको छ ।

प्रधानमन्त्रीको कार्यकक्षमा आजबाट मुख्यसचिव र सचिवको अनुमतिबिना प्रवेश गर्न रोक लगाइएको बताइएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ११ : १८ बजे

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय

वैदेशिक रोजगार ठगी नियन्त्रणमा विभागको सक्रियता, फरार आरोपितलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ– वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएर पनि हालसम्म

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश